कार्यकारी अध्यक्षको जिम्मेवारीपाएपछि प्रचण्डले पहिलो पटक बोलाए सचिवालय बैठक



काठमाडौँ । दुई अध्यक्षको जिम्मेवारी तयभएपछि सत्तारुढ नेकपाको पहिलो सचिवालय बैठक बस्ने भएको छ । बैठक बुधबार बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ ।

बैठकको अध्यक्षता पुष्पकमल दाहालले गर्नेछन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारको शिलशिलामा अस्पतालमै रहेकाले उनी बैठकमा सहभागी हुने छैनन् ।

प्रधानमन्त्री ओलीसँग सहमति लिएर दाहालले सचिवालय बैठक बोलाएका हुन् । मंगलबार सचिवालयका अन्य नेताहरुसँग पनि दाहालले छलफल गरेका थिए । मंसिर ४ को सचिवालय बैठकले कार्यकारी भूमिकासहित पार्टी सञ्चालनको जिम्मेवारी दिएपछि दाहालको अध्यक्षतामा बस्न थालेको यो पहिलो बैठक हो ।

बैठकमा उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक र नेता कार्यकर्तालाई सक्रिय बनाउने गरी सातै प्रदेशमा अभियान सञ्चालन लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि