कुम्भमेला र पशुपतिको शिवरात्री



-डा. गोविन्दशरण उपाध्याय ।

भारतको महाकुम्भमा ६० करोड़ मान्छेले स्नानको अन्तिम दिनमै नेपालको पशुपतिनाथमा महाशिवरात्रीको पर्व परेको छ । अचम्मको संयोग नै मान्नुपर्छ कि नेपालका एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहका गुरू गोरखनाथ परम्पराका शिष्य योगी आदित्यनाथले कुम्भको नेतृत्व गर्दै यश प्राप्त गरिरहेका छन् भने नेपाली नेताहरू श्रीपशुपतिनाथको महासम्मेलनप्रति उपेक्षाको भाव राखिरहेका छन् । मानौं, श्रीपशुपतिनाथको महाशिवरात्री तथाकथित प्रगतिशीलताको विरोधी कार्यक्रम हो ।

आदित्यनाथ योगीले कुभ्मबाट $ 600 billion को आर्थिक परिचालन गरेका छन् जुन नेपाली वार्षिक बजेट भन्दा धेरैधेरै बढी हो । आज पशुपतिनाथको दर्शन गर्न जाँदै गर्दा दक्षिणतिरको मूलबाटोमा उड्दो धूलो, यताउति फैलिएको फोहोर तथा अव्यवस्थित यातायात देखेर भोगेर निकै मानसिक कष्ट भएको छ । ‘पूंजी’ लेखेर अर्थको महत्वलाई बुझाउन खोजेका कार्लमाक्र्स पनि नेपाली बामसमाजवादीको गठबन्धनको सरकारले नबुझेको देख्दा टाउको ठोकेर पछुताउने बाहेक केही गर्न सक्ने छैनन् ।

भारतीय कुम्भमा नेपालका थुप्रै पूर्वमन्त्रीहरू, प्रशासकहरू, उच्चतहका नेताहरू प्रयागमा गएर स्नान गर्दै गरेको वा स्नान गरिसकेपछि पहेंलो बस्त्रधारण गरेर फेसबुकमा फोटो पोस्ट गरेका छन् । यसो गर्नेमा पूर्वस्वास्थ्यमन्त्री गगन थापा, पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतजस्ता व्यक्तिहरू छन् । कलाकार वा अन्य ख्यातिप्राप्त व्यक्तिहरूको सङ्ख्या थुप्रै छ । पत्रपत्रिकाहरूले अनुमान गरेअनुसार करिव ६० लाख नेपालीहरूले महाकुम्भमा स्नान गरेका छन् । कुम्भमा गएका ६० करोड़ मान्छे मध्ये सबै श्रद्धालु नै थिए भन्न सकिन्न । ती मध्ये केही पर्यटक, केही तमासा हेर्न पुगेका, केही व्यापारी र अन्य धेरै प्रकारका मान्छेहरू थिए । फरक उद्देश्यबाट कुम्भमा पुग्ने पनि हुनेनै भए । टे–जस्तो भए पनि भारत सरकार र उत्तरप्रदेशको प्रान्तीय सरकारले बडो कुशलतापूर्वक विश्वको सबैभन्दा ठूलो भेला (Event), भीड नियन्त्रण र अस्थायी मानवबसोवासको सफल व्यवस्थापन गरेको छ ।

महाकुम्भको सफल व्यबस्थापनका लागि सरकारले धनआदि मुहैयामात्र गराएन अपितु प्रधानमन्त्री, मुख्यमन्त्री सबैले आफुनै मेलाको अंग बनेर सक्रियतापूर्वक भाग लिए भने उनीहरूको प्रत्यक्ष उपस्थितिले प्रयागको महाभेला विश्वका लागि चासोको विषय बन्यो । बेलायती गोर्खाका पूर्वसैनिक भोजराज Boz Raj लेख्छन् ‘मैले धर्ममा विश्वास गर्दिन तर १४४ वर्षमा लाग्ने मेलामा स्नान गरेर खुसी लाग्यो । बोधराज पोखराका स्थायी बासिन्दा हुन् । मोदीहरूले कुम्भमेलाको यतिविध्न उचित प्रचारप्रसार गरे कि कुल, बोधराजजस्ता असंख्य हिन्दू तथा गैरहिन्दुहरू मेलामा सहभागी बने । यो विज्ञापनको कमल हो र श्रद्धा र जिज्ञासाको यसमा मिसिएकोमात्र हो । मैले क्यानेडाबाट कुम्भ हेर्नआएका मुस्लिम दम्पतिलाई पनि काठमाण्डौमा भेटेको छु, जुन तेहा धार्मिक कारणले भन्दा विश्वको सबैभन्दा ठूलो मानवभेला हेर्न आएका थिए ।

महाकुम्भको अन्तिम दिन शिवरात्री पर्यो । भगवान् पशुपतिनाथको आराधना गर्दै मनाइने शिवरात्रीको मेला विश्वका अन्य शिवालयहरू भन्दा विशिष्ट मानिन्छ । विश्वभरीबाट तीर्थालुहरू आउँछन् र भगवान् पशुपतिनाथको दर्शन गर्छन् । एकातिर मोदी–योगीहरूले भारतीय तीर्थ प्रयागको विज्ञापन गरेर ६० करोड़ मान्छे त्यहाँ तान्न सफल भए भने यहाँका प्रधानमन्त्री मुख्यमन्त्रीहरूले पशुपतिनाथको दर्शनमा समावेश भएको प्रत्यक्ष सन्देश दिन पनि सकेनन् । वामपन्थको तुच्छ राजनैतिक विश्वासभित्र नेपालको सम्पदाले दण्डित हुनुपर्यो । यी यी पूर्वाग्रही नेताहरूले महाकुम्भमा सहभागी भएका १०% मात्र श्रद्धालुको मनमा पशुपतिनाथको शिवरात्री बारे बोल्दिएको भए नेपालको वार्षिक बजेटसरहको अर्थतन्त्र चलायमान हुन्थ्यो । वामपन्थ प्रतिको उग्रपूर्वाग्रह देशको अर्थतन्त्रका लागि अवरोध बनेको यो सबैभन्दा बलियो प्रमाण हो ।

अर्थतन्त्र अर्थतन्त्र नै हुन्छ । अर्थतन्त्र वामपन्थी वा दक्षिणपन्थी हुँदैन । नेपालको जनसंख्या ३ करोड छ । यदि छिमेकी राष्ट्रका तीन करोड़ मान्छेलाई पशुपतिमा तान्ने हो भने अर्थतन्त्रको स्वरूप फेरिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि मुक्तिनाथको अर्थतन्त्र चलायमान भएको तत्थ्य त्यहाँका वासिन्दाहरूले हाकाहाकी स्वीकार गर्छन् । वाम समाजवादको पूर्वाग्रहले गर्दा विश्वको सबैभन्दा पुरानो मन्दिर (चाँगुनारायण) रहेको काठमाडौंलाई मर्का परेको छ । काठमाडौंलाई मर्का पर्नु भनेको देशलाई मर्का पर्नु हो । महाकुम्भको भीड व्यवस्थापन गर्ने क्षमता नेपालीमा नहोला तर नेपालबाट कुम्भस्नान गर्न पुगेका ६० लाख नेपालीलाई महाशिवरात्रिकामा पशुपतिनाथको दर्शन गराउन सक्दा पनि नेपाली अर्थतन्त्र चलायमान नै हुन्थ्यो ।

भारतीय महाकुम्विभको बारेमा रेपोश्र्वटिंग गरिरहेको वासिंगटन पोस्टले लेखेको छ ‘भारतले ४५ करोड़ मान्छेको रेलालाई कुशलरूपमा व्यबस्थापन गरेर तीनबटा ज्ञान विश्वलाई दिएको छ (१) सबैभन्दा ठूलो मानवव्यबस्थापन (२) सबैभन्दा धेरै भीडको उचित व्यबस्थापन र (३) यातायात व्यबस्थापन ।’ मेरो विचारमा कुम्भको कुशल व्यबस्थापन गरेको मान्छेले विश्वको जस्तोसुकै भीड व्यबस्थापन गर्न सक्छ । यो आफैमा अनेकौं विश्वविद्यालयहरूको संयुक्त ज्ञानभन्दा बढी छ । नेपाल सरकारमा बसेका मान्छेहरूको चेतनाको स्तर यतिविध्न संकुचित र पूर्वाग्रही देखियो कि आफ्नै अर्थतन्त्रलाई टेवा पुर्याउने महाशिवरात्रीलाई समेत महिमामण्डन गर्न सकेनन् । नेपाली वामसमाजवादीको प्रगतिशील सोचले देशलाई प्रगतिको बाटोतिर लैजान भन्दा प्रगतिमा अवरोध उत्पन्न गरेको जोसुकैले बुझ्न सक्छ । यिनको यो तुच्छ प्रगतिशीलताको पूर्वाग्रहका कारण देशले निकै नकारात्मक मूल्य चुकाउनु परेको छ ।

व्यक्तिगत रूपमा सरकारका मान्छेहरूले धर्म र धार्मिकतामा आस्था हुन् आवश्यक छैन तर राष्ट्रियहितका लागि सांस्कृतिक सहजता नेतृत्वको गुण हुनुपर्छ । निश्चयनै नेपाली वैदिक, जैन, बौद्ध तथा बोन संस्कृतिको जीवन्त संग्रहालय हो । यदि देशको उत्थानका लागि यो संग्रहालय नै प्रदर्शन वा दर्शनको विषय हुन सक्छ भने नेतृत्वले दरिद्रता देखाउनु पर्दैन । एकपटक कुम्भको दर्पणमा नेपालको मौलिक संस्कृतिमा सम्भावना हेर्ने र बुझ्ने हो भने नेपाल र नेपालीको कल्याण हुन्छ । बामसमाजवादको गफ सुन्दा यिनको प्रगतिशीलता अमेरिकालाई ‘क्रायोजनिक इन्जिन निर्माण गरेर निर्यात गर्ने’जस्तो हुन्छ तर व्यवहारमा यी सबै गोरुगाडामा सवार भएर नेपालको विकास खोज्दै छन् ।

मलाई थाहा छ, यो आलेख लक्षित वर्गका मान्छेसम्म पुग्दैन, पुग्यो भने पनि वाम–समाजवादको पूर्वाग्रहले भरिएको बुद्धिका अगाडी ‘भैंसीका अगाडी बाँसुरी बजाउनु’सरह अर्थरहित र महत्वहीन ठहरिने छ । ठीक नेपाली जनताको भाग्यझैं ।
स्वस्त्यस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको मृत्यु, तिघ्रामा गोली लागेको पुष्टि

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु

आगामी आर्थिक वर्षको बजेट लेखनका लागि अर्थ मन्त्रालयले बनायो ६ सदस्यीय समिति

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट

बलात्कार मुद्दामा सात वर्ष कैद सजाय तोकिएका अभियुक्त पक्राउ

भक्तपुर । जबरजस्तीकरणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको

जङ्गली हात्तीको आक्रमणबाट झापामा बृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी