वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले बृद्धि



पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख ६० हजार रुपैयाँ बराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो ।

मुलुकभर रहेका सानारठूला २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सार नाका हँुदै भएको निर्यातको हिस्सा भने ३१ दशमलव ७२ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बतोए । “गत आवको तुलनामा चालु आवमा निर्यातमा उत्साहजनक ढङ्गले वृद्धि हुँदै आइरहेको छ”, उनले भने ।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको सात महिनाको अवधिमा रु १९ अर्ब ३६ करोड मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएको छ । त्यस्तै सोही अवधिमा रु चार अर्ब ६३ करोड मूल्य पर्ने प्रशोधित सूर्यमुखीको तेल निर्यात भएको छ ।

रु तीन अर्ब ९६ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । त्यस्तै गरी रु तीन अर्ब १२ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

एक अर्ब ६० करोड रुपैयाँ पर्ने सिन्थेटिक यार्न र एक अर्ब ४७ करोड रुपैयाँ बराबरको विभिन्न प्रकारका कपडा विदेशी मुलुकमा निर्यात भएको छ । सोही अवधिमा एक अर्ब २२ करोड रुपैयाँ पर्ने पशु आहारको कच्चा पदार्थ पिना चोकर भुस निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँके निकुञ्जमा देखिन थाले पाटे बाघ

बाँके । बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा

कार्यसम्पादन मूल्यांकन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैँमा अपरिपक्व र अनुचित छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने अधिकार

सरकार र संसद् ऐन बनाउनेभन्दा पनि दलगत स्वार्थमा केन्द्रित हुनु दुर्भाग्य हो

काठमाडौँ । राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । संसदमा पहिलो पटक प्रवेश

पढ्ने उमेरमै आमा बन्नुका पीडा

रामचन्द्र रायमाझी, पाल्पा । पाल्पाको  माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा