महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा



मोरङ । नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनमा विराटनगरमा आजदेखि सुरु भएको छ । बारको महिला समितिद्वारा आयोजित दुईदिने सम्मेलनमा देशभर एक हजारभन्दा बढी कानुन व्यवसायी महिलाहरूको सहभागिता रहेको छ । कार्यक्रममा २५ जना कानुन व्यवसायीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक संस्थाकी अध्यक्ष आशा राईले जानकारी दिइन्।

सम्मेलनमा सुनिता रेग्मी पोखरेल र सरस्वती डङ्गोलले महिला सहभागिताको अनिवार्यता, दीपेन्द्रकुमार खतिवडाले वित्तीय क्षेत्रमा रहेका सम्भावना र चुनौती, रितु थापाले जलवायु परिवर्तनमा महिलाको भूमिका, डा विष्णु बस्यालले नेपालमा लैङ्गिक तथा यौनजन्य हिंसामा पुनःस्थापनासम्बन्धी कानुनी व्यवस्था एक चुनौती, दर्शन कर्ण राईले राजनीतिक सहभागितामा समावेशिताः महिला अधिकारको सुनिश्चितता विषयक कार्यपत्र प्रस्तुत गर्नुहुने अधिवक्ता किरणकुमारी साहले जानकारी दिइन्।

यसैगरी, सिर्जना कँडेलले जलवायु परिवर्तनले महिलामा पर्ने असर, शान्ता पाठकले नेपाल न्यायिक समितिः वर्तमान अवस्था, शर्मिला रेग्मीले न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलाप, विवाद समाधानका चुनौती, सबनम अधिकारी र सुमित्रा थापाले महिलाको समानुपातिक सहभागिताः अवसर र चुनौती, विमला खत्रीले प्रजनन स्वास्थ्य अधिकार, सुशीला कार्की र सन्ध्या कार्कीले कानुन व्यवसायी महिलाको पेसागत अवस्था, चुनौती र आर्थिक सबलीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, इन्दु पाण्डेयले महिलाको समानुपातिक सहभागिताः अवसर र चुनौती, विपना योगीले प्रजनन स्वास्थ्य अधिकार, गरिमा भट्टराईले प्रसूति बिदाः अभ्यास र चुनौती, शैलजा साहले कानुन व्यवसायी महिलाको पेसागत अवस्था, चुनौती र आर्थिक सबलीकरण, उमा थापाले न्यायिक समितिको क्षेत्राधिकार तथा मेलमिलाप तथा विवाद समाधानका चुनौतीहरूलगायत विषयबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रस्तुत कार्यपत्रमा भोलिसम्म समूहगत छलफल गरी राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गरिने जनाइएको छ । सम्मेलनमा नेपालले‘महिला हकहित र अधिकारका विषयमा अन्तर्राष्ट्रियस्तरमा गरेका सन्धि र सम्झौताको कार्यान्वयनमा देखिएका समस्या तथा उपलब्धिका विषयमा पनि चर्चा हुने अध्यक्ष राईले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा हेर्नुस्, अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल

काठमाडौं । पर्यटकीय नगरी ठमेलमा अंग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा आन्तरिक र

प्रहरी प्रधान कार्यालयद्वारा अवकाश पाएका चार एआइजी र दुई डीआइजीको बिदाइ

काठमाडौं । प्रहरी प्रधान कार्यालयले अवकाश पाएका चार एआइजी र दुई डीआइजीको बिदाइ

सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजारले गरे हवाई यात्रा

काठमाडौं ।  मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा वृद्धि

गैँडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु, पाँच घाइते

चितवन । गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते