लिलावल्लभ जोडिएको मुद्दामा तीन जना जेल चलान, तीन धरौटी र दुई साधारण तारेखमा रिहा



काठमाडौं । जापानमा मानव तस्करी गरेको आरोपमा कोसीका पूर्वमन्त्री लिलावल्ल्भ अधिकारीसँगै पक्राउ परेका अन्य तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

अदालतले तीन जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् ।

अदालतले पूर्वमन्त्री अधिकारीसँगै जापान पुगेका खोटाङको केपिलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाँउपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका–५ का २१ वर्षीय कन्चन देवकोटालाई जनही ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतले नक्कली कागजात तयार गरेको आरोपमा पक्राउ परेका खोटाङका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राईलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

यो मुद्दामा विष्णु भट्टराई, दिवाकर भट्टराई र गौपाल गौतम भने फरार छन् । पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले मुद्दा चलाउन सुझाव दिएपनि सरकारी वकिलको कार्यालयले भने मुद्दा नचलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पशुपति क्षेत्रमा पितृको नाममा बत्ती बाल्ने भक्तजनको घुइँचो, तस्बिरमा हेर्नुस्

काठमाडौँ । पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने भक्तजनको घुइँचो लागेको छ

चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’

कैलाली । यस वर्षका ठूला चाडपर्व सकिएका छन् । बडादशैँ, तिहार (दीपावली), छठलगायत

छेङ्दुमा चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट

काठमाडौं । बिहीबारदेखि चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र चिनियाँ विदेशमन्त्री

शिखर धवन आइपुगे नेपाल, कर्णाली याक्सबाट खेल्न

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्