लरेन्स बिश्नोई समूहको नामबाट व्यवसायीलाई धम्की दिने व्यक्ति दुर्गा प्रसाईंबाट परिचालितः सीआईबी



काठमाडौं । प्रहरीले भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुयाँल मेडिकल व्यवसायी दुर्गा प्रसाईंबाट परिचालित रहेको दाबी गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार विज्ञप्ति जारी गरी बिहीबार पक्राउ परेका झापाको मेचीनगर–१३ का फुँयाल दुर्गा प्रसाईबाट परिचालित रहेको दाबी गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईंको निर्देशनमा गरेको देखिन्छ । उनी यसअघि समेत विभिन्न कसुरमा संलग्न रही फरार रहेको खुल्न आएको छ ।’

फुयाँलले प्रसाईंसँग माफी नमाग ज्यान समेत जान सक्ने भन्दै धम्की दिएको सीआईबीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिखर धवन आइपुगे नेपाल, कर्णाली याक्सबाट खेल्न

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्

सामाजिक सञ्जालको गलत प्रयोग गरी भ्रामक अभिव्यक्ति दिनेलाई कारबाही गर्ने गृहको चेतावनी

काठमाडौँ । गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति

लिलावल्लभ जोडिएको मुद्दामा तीन जना जेल चलान, तीन धरौटी र दुई साधारण तारेखमा रिहा

काठमाडौं । जापानमा मानव तस्करी गरेको आरोपमा कोसीका पूर्वमन्त्री लिलावल्ल्भ अधिकारीसँगै पक्राउ परेका

प्रधानसेनापतिद्वारा रथी केसीलाई दज्र्यानी चिन्ह प्रदान

  काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा दर्जामा पदोन्नति भएका प्रदीपजङ्ग केसीलाई दज्र्यानी