माथिल्लो तामाकोशी आयोजनाको बाँध क्षेत्रमा हराएका चारमध्ये दुईजनाको शव फेला



 

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

पहिरोमा परी चारजना बेपत्ता भएकामा दुई जनाको शव आइतबार फेला परेको हो । तर शवको पहिचान भने हुन सकेको छैन । दुवै शव नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी चरिकोट ल्याइएको छ । ती शव चरिकोटस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लेदोसहितको पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कन्ट्रोल विल्डिङ पुरिँदा त्यसको  सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवान नरेन्द्रबहादुर पाल, अर्का सैनिक शङ्कर चन्द तथा नवलपरासीको प्रतापपुर घर भई माथिल्ले तामाकोशीमा  काम गर्दैआएका ३५ वर्षीय कृष्णप्रसाद चौधरी र दोलखाको विगु गाउँपालिका–१ स्यालु घर भई कार्यालय सहयोगीको रुपमा कार्यरत ३० वर्षीय जयराम तामाङ सम्पर्क बिहीन भएका थिए ।

ती मध्ये दुई जनाको शव फेला परेपनि पहिचान हुन सकेको छैन । पहिरोले पुरिँदा सम्पर्कबिहिन भएका अन्य दुइ जनाको अवस्था अज्ञात छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यातायात व्यवसायी महासंघको आग्रहः सडकको अवस्था बुझेर मात्र सार्वजनिक यातायात सञ्चालन गर्नु

  काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात

बाढीपहिरोमा परी ललितपुरमा ३० जनाको मृत्यु, अझै सात बेपत्ता

  पाटन (ललितपुर) । अविरण वर्षासँगैको विपदमा परी ललितपुरमा हालसम्म ३० जनाको शव

बाढीपहिरो र दुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता

  काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको

सप्तरीको कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा

सप्तरी । अविरल वर्षाका कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा करिब एक हजार घर डुबानमा