ढोरपाटनका मेयर नेपालीलाई प्रहरीले पठायो काठमाडौंबाट बागलुङ



काठमाडौँ । भारतको नयाँदिल्लीमा शुक्रबार पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रहरीले काठमाडौँ ल्याएर बागलुङ पठाएको छ ।

प्रहरीले दिल्लीबाट काठमाडौं ल्याई नेपालीलाई आइतबार बागलुङ पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले जनाएको छ ।

पोखरा र बागलुङमा सञ्चालित ईमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष तथा पोखरामा सञ्चालित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको संचालकसमेत रहेका नेपालीले सहकारीको एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ ।

सोही प्रकरणमा मेयर नेपालीसँगै बागलुङको बुर्तिबाङका ५८ वर्षीय ओमप्रसाद दर्जीलाई समेत पक्राउ गरी बागलुङ पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । सहकारीको बचत रकम अपचलन गरेको खुलेपछि उनीविरुद्ध बचतकर्ताले उजुरी दिएका थिए ।

त्यसपछि उनी फरार भएका थिए । फरार भएपछि नेपालीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भएको थियो । उनीविरुद्ध बाग्लुङ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा

कमलामाई (सिन्धुली) । अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड आइतबार साँझदेखि सञ्चालनमा आएको छ

सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाएर राजमार्गहरु संचालनका लागि काम सुरु गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको

हवाई भाडा नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

  काठमाडौँ  ।  राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर

प्रधानसेनापति सिग्देलसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका