झ्याप्लेखोलामा पुरिएको माइक्रोबसबाट निकालियो थप १० जनाको शव



काठमाडौं । धादिङको झ्याप्लेखोलाको पहिरोमा अर्को माइक्रोबस पनि पुरिएको फेला परेको छ । आइतबार बिहान खोजी गर्दा पुरिएको अवस्थामा बस फेला परेको हो ।

त्सक्रममा प्रहरीले १० जनाको शव निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । प्रहरीले आठ पुरुष र दुई महिलाको शव निकालेको जनाएको छ । बस पुरिएको स्थानबाट सुरुमा तीन जनाको शव निकालिएको थियो । पछि खोजी गर्दा थप सात जनाको शव फेला परेको हो ।

खोजीका लागि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । यसअघि शनिबार झ्याप्लेखोलामा एउटा बस जिप पुरिएका थिए । त्यहाँबाट १४ जनाको शव निकालिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा परी सबैभन्दाबढी काठमाडौँ उपत्यकामा ६८, बागमतीमा ४५ र कोसीमा १७ जनाको मृत्यु

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या

११ ब्राण्डका पानीमा कोलिफर्म भेटियो, बिक्री वितरणमा रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि बिक्री वितरणमा

ढोरपाटनका मेयर नेपालीलाई प्रहरीले पठायो काठमाडौंबाट बागलुङ

काठमाडौँ । भारतको नयाँदिल्लीमा शुक्रबार पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई

अमेरिकाबाट प्रधानमन्त्रीको आग्रहः महंगो हवाई भाडा नलिनु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई भाडा महँगो नलिन एयरलाइन्स कम्पनीहरूलाई आग्रह