नेपाल प्रहरीका दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान



 

काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को यही वैशाख २७ को निर्णयबाट बढुवा भएका दुई एआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाल तथा दुई प्राविधिक डिआइजी डा देउती गुरुङ र इन्जिनियर नविन्द अर्याललाई आइतबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पदोन्नति भएका अधिकृतले पदोन्नतिसँगै जिम्मेवारी बोध गरी सङ्गठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामूहिक प्रयाससहित सङ्गठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले पदोन्नतिसँगै थपिएको जिम्मेवारी भरोसा, विश्वास र थप कर्तव्य बोधका साथ पूरा गर्ने बताए । पेसागत व्यावसायिक निष्ठा कायम राखी प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राखी रणनीतिक रूपमा आ–आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको मृत्यु, तिघ्रामा गोली लागेको पुष्टि

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु

बलात्कार मुद्दामा सात वर्ष कैद सजाय तोकिएका अभियुक्त पक्राउ

भक्तपुर । जबरजस्तीकरणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको

जङ्गली हात्तीको आक्रमणबाट झापामा बृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी

चैतमा गर्ने तय भएको दसौं राष्ट्रिय खेलकुद जेठमा हुने

काठमाडौं । दसौं राष्ट्रिय खेलकुद तेस्रो पटक सरेको छ । युवा तथा खेलकुद