टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ



काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ ।

यसअधि सर्वोच्च अदालतमा दर्ता भएका १४ वटा रिटमाथि एकसाथ सनुवाइ गर्दै न्यायाधीश विनोद शर्माका इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

पारिवारिक र सामाजिक सद्भाव विथोलिएको भन्दै गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत रहेका इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गर्दै टिकटकमाथि पूर्णरुपमा प्रतिबन्ध लगाउन निर्देशन दिने निर्णय गरेको थियो ।

पछि विभिन्न राजनीतिक दलका नेताहरुले टिकटकमाथिको प्रतिबन्ध लोकतन्त्र विरुद्धको कदम भन्दै सरकारको आलोचना गरेका थिए ।
सरकारले टिकटक बन्द गरेपछि कानुन व्यवसायी दिनेश त्रिपाठीले सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए । सरकारको सो निर्णयले नागरिकको संवैधानिक अधिकार हनन गरेको भन्दै अन्य १३ वटा रिट समेत परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अधिकृत एकलाख २० हजार घुससहित पक्राउ

काठमाडौँ । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन

    काठमाडौँ । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन

विराटनगरको रानी क्षेत्रमा तनाव, प्रहरीद्वारा हवाइफायर

विराटनगर । विराटनगरमा बुधबार दिउँसो दुई समुदायबीच दोहोरो झडप भएको छ। झडपका कारण

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु

  गलेश्वर (म्याग्दी) ।  हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको