इजरायलमा रहेका विद्यार्थीको आग्रहः हामीलाई जिवितै देख्न चाहनु हुन्छ भने तत्काल उद्दार गरियोस्(भिडियोसहित)
काठमाडौं । गाजाको सीमा क्षेत्रबाट उद्धार गरी इजिप्टको सिमाना नजिकै राखिएका नेपाली विद्यार्थीले तत्काल नेपाल फर्काइदिन अनुरोध गरेका छन् ।
सामाजिक संजालमार्फत उनीहरुले नेपाल सरकारले आफूहरुको उद्धारका लागि कुनै पहल नगरेको गुनासो गरेका हुन् । उनीहरुले प्रश्न गरेका छन्, ‘हामी अब ? निशब्द, निमुखा, निर्मम कहिलेसम्म ? उत्तर एउटै– हामी गर्दैछौं, हँदैछ, भैराछ ? हामी नागरिक पनि हो कि होइन ?’
उनीहरुले आफूहरुसँगै आएको थाइल्याण्ड र कम्बोडियाका विद्यार्थीलाई उनीहरुको देशले जहाज पठाएर फिर्ता लगेको भन्दै तत्काल आफूहरुको पनि उद्दार गर्न आग्रह गरेका छन् ।
उनीहरुले सरकारलाई प्रश्न गरेका छन्, ‘नेपालले हामी मरेकै चाहेने हो कि ? सरकार छ ? साच्ची छ ? हामीले गरेछ्म भनेर देखाउन लागि छ कि ? मिडिया बाजीको लागि छ ? हाम्रो डर ? बुझ्छ कसैले ? छातीमा हात राखेर भन्देउ, बुझ्छौ ? सरकार भनिदेउ न, हात जोड्छौं ! हामी नेपाल पनि फर्किन्छम् कि, आसमा यतै बिलिन हुन्छौं ?’