आगामी निर्वाचनमा १० अर्ब खर्च हुने आयोगको अनुमान



काठमाडौं । निर्वाचन आयोगले आगमी मंसिर ४ गते हुने प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ । आइतबार सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हाल अनुमानित १० अर्ब खर्च हुने आँकलन आयोगले गरेको बताएका हुन् ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले हालसम्म गरेको तयारी र अब गर्ने तयारीका बारेमा ब्रिफिङ गरेका थिए । उनले आयोगले स्थानीय तह निर्वाचनभन्दा यसलाई अझ शान्तिपूर्ण रुपमा सम्पन्न गराउने तयारी गरेको बताए। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनभन्दा यसपटक मतदान स्थल र मतदान केन्द्र पनि वृद्धि हुने र मतदाता समेत वृद्धि भएकाले खर्च बढ्ने अनुमान आयोगले गरेको उनले बताए ।

अहिले करिब १ करोड ८२ लाख मतादाता रहेको आयोगले जनाएको छ । मतदानस्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा