स्वतन्त्रको नाममा राजनीति गर्नेहरु देश बिगार्ने भँडुवा हुन्ः केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई काँग्रेसरुपी बञ्चरोको बिँडको संज्ञा दिएका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले दाहाल र नेपालले आफ्नो पार्टीलाई ढाल्नका लागि काँग्रेसको बिँड बनेको आरोप लगाएका हुन् । उनले २३ सिटमा खुम्चिएको काँग्रेसले सोझो आँखाले पनि आफ्नो पार्टीलाई हेर्न नसक्ने अवस्था भएपनि दाहाल–नेपालले मुलुकबाट वामपन्थी शक्ति सिध्याउने गरी काँग्रेसलाई साथ दिएको बताए ।

उनले भने, ‘संघ निर्वाचन र प्रदेशसभाको निर्वाचन मंसिरमा एकैचोटी हुँदैछ । बञ्चरो लिएर ढाँल्न थालेछन एउटा रुख काटेर । वरतिर, परतिरको रुखहरु बर्बर आँशु झारेर रुन थालेछ । अनि अरु रुखहरुले सोधे–किन यसरी आँशु खसाएर रोएको ? आखिर ढल्नु त छदैछ, मर्नु त छँदैछ । अव ८ अर्व वर्षपछि केही विचमा भएन भने, केही विचमै भयो भने त ध्वस्त भईहाल्छ । बीचमा केही पनि भएन भने पनि २३ सिटमा पु¥याएको काँग्रेसले हामीतिर लडने त होइन, लडने कुरा छाडिदिउँ, सोझो हेर्ने अवस्था पनि थिएन । यिनै बिँडले कम्युनिष्ट आन्दोलन भाँडेर, सरकार ढालेर, अदालत गएर कम्युनिष्ट सरकार ढालीपाउँ, दक्षिणपन्थी सरकार गठन गरी पाउँ भनेका हुन । काँग्रेसको बिँड हेर्नुस् त कस्ता छन् ? एमाले सिध्याउने, भनेका बिँड कस्ता छन् । के–के नामका छन् ? बञ्चरोले मात्रै रुख ढाल्न सक्दैसक्दैन । माओवादी र माधव नेपालका पछि लागेकालाई काँग्रेसको बिड नभई आफ्नो पार्टी आउन आग्रह गर्दछु । काँग्रेसको बिँड भएर कम्युनिष्ट आन्दोलनलाई ढाल्दैजाने र समाजवाद निर्माण गर्ने भूलभूलैयामा नफस्नुस् ।

बामपन्थी आन्दोलन सफल पारौं ।’ ओलीले आफ्नो पार्टीलाई देश बनाउनका लागि आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत चाहिएको बताए ।

मुलुकको शान्ति, समृद्धि र विकास आफ्नो पार्टीले मात्रै गर्न सक्ने दावी गर्दै उनले त्यसका लागि निर्वाचनमा बहुमत ल्याउने गरी चुनावको तयारी गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आग्रह गरे । अध्यक्ष ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भडुवा भएको आरोप लगाउँदै सतर्क रहन पनि सबैलाई आग्रह गरे ।

विश्वका सबै मुलुकका पार्टी चाहिने तर नेपालमा चाहिदैन भनेर स्वतन्त्र भनिएकाहरुले देश बिगार्न लागेको उनको जिकीर थियो । ओलीले पार्टी विना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरुले देश चलाउन नसक्ने तर्क गरे ।

उनले भने, ‘बेलायतमा पार्टी चाहिन्छ । फ्रान्समा चाहिन्छ, चीनमा चाहिन्छ । जापानमा चाहिन्छ, भारतमा चाहिन्छ । पाकिस्तानमा पार्टी चाहिन्छ । जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि । यहाँ चाहिँ फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन् । एकाध रुपमा अपवादको रुपमा आउनु एउटा कुरा होला । स्वतन्त्रले मेचीको जनताको भावना, महाकालीका जनताको भावना र आवश्यकता, राष्ट्रिय विचार, राष्ट्रियभाव, राष्ट्रको विकासको अभियान चलाउन सक्छ ? अब एउटा पत्रकार नचाहिने नचाहिने काम गर्यो अनि, एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुँदेको छ । अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गरेको छ । सरम लाग्नुपर्ने हो । यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भडुवाहरुको तरिका हो । यसबाट सतर्क हुनुपर्छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय