‘हामी बीचको इन्गेजमेन्ट तोडिएको कुरा म यही सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दछु’



काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडकी छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफूहरूबीच वैचारिक मतभेद देखिएकाले इन्गेजमेन्ट तोड्ने निर्णय गरेको बताएकी छन् ।

‘एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित इन्गेजमेन्टको निर्णय गरिएको थियो । समय छोटो भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो । अर्थात हाम्रो विचारमा मेल खान सकेन । धेरै समीक्षा आत्मसमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो,’ उनले भनेकी छन् ।

उनले अगाडि लेखेकी छन्, ‘आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म यही सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८

आगामी निर्वाचनका लागि ४० दल दर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४०

निहारिकालाई भेटेपछि बालेनले भने-अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बलात्कार पीडित निहारिका राजपुतसँग भेट गरेका