भूपू गोर्खाहरूको मुद्दाका विषयमा नेपाल र बेलायती सरकारबीच छिट्टै वार्ता हुने



लण्डन । भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेट गरेका छन् । गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

भूपू गोर्खाहरूको मुद्दालाई अघि बढाउन दुवै पक्षले गर्नुपर्ने आवश्यक गृहकार्य र अन्य पक्षसँग बहुपक्षीय छलफल एवं वार्ताको मिति तोक्नेलगायत विषयमा भेटघाट केन्द्रित रहेको दूतावासका उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए ।

वार्ताको मिति भने अझै तोक्न नसकिएको तर नेपालको तर्फबाट छिट्टै वार्ता गर्न बेलायती सरकारसँग आग्रह भएको र बेलायत सरकारले केही समयमा वार्ताको मिति दूतावासलाई जानकारी गराउने गरी छलफल भएको दूतावासले जनाएको छ । छलफलमा उपनियोग प्रमुख खनाल, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारलगायत सहभागी रहेको दूतावासले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्धिपक्षीय वार्ता हुँदै

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आएका कतारका अमिर शेख

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै

जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,