भारतले लगायो चिनी निर्यातमा रोक



काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएको छ । आन्तरिक बजारमा चिनीको मूल्इ बढेकोले भारतले निर्यातमा रोक लगाएको हो । भारतले जुन १ देखि अक्टोबर ३१ तारिखसम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विदेशमा चिनी निर्यातमा रोक लगाएपछि आन्तरिक मूल्इ नियन्त्रण हुने सरकारको अपेक्षा छ ।

विदेश व्यापार निर्देशनालयले विज्ञप्ति जारी गरी देशभित्रको समस्यालाई मध्यनजर गरी निर्यातमा रोक लगाइएको जनाएको छ । तर चिनी तथा खाद्य वितरण महानिर्देशनालयको विशेष अनुमति लिएर भने चिनीको निर्यात अनुमति दिन सकिने उल्लेख छ । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपालमा पनि अभाव हुने देखिएको छ । नेपालमा औसतमा वार्षिक आठ अर्ब रुपैयाँको चिनी आयात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।