विदुरको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीका बोगटी विजयी



विदुर । नुवाकोटको विदुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) को उम्मेदवार प्रभा बोगटी विजयी भएकी छन् । स्थानीय तह निर्वाचनअन्तर्गत गत वैशाख ३० मा भएको मतदानको शुक्रबार साँझ सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार नगरप्रमुखमा श्रेष्ठले १५ हजार ८२६ मत ल्याए ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सञ्जु पण्डितले १२ हजार १५४ मत ल्याए । उपमेयरमा माओवादी केन्द्रको उम्मेदवार प्रभा बोगटी निर्वाचित भइन् । उनले १२ हजार ८६० मत ल्याइन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अम्बिका पौडेलले ११ हजार ९९५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईँटेलले जानकारी दिए ।

१३ वटा वडा रहेको विदुरमा कांग्रेस र एमालेले पाँच वडामा, र माओवादी केन्द्रले तीन वडामा विजयी हासिल गरेको छ । विदुरको वडा नंं १ मा लेनिन रञ्जित, वडा नंं २ मा दीपक कायस्थ, वडा नं. ३ मा बद्री रिमाल, वडा नंं ४ मा निलमबाबु ढुङ्गेल, वडा नं ५ लिलानाथ न्यौपाने, वडा नं ६ मा श्यामकृष्ण चालिसे, वडा नंं ७ मा रवीन्द्र नेपाल, वडा नंं ८ मा कमल श्रेष्ठ, वडा नंं ९ मा हरेराम भण्डारी, वडा नं १० मा गणेशकुमार नेपाल, वडा नंं ११ मा बाबुराम लामा, वडा नं १२ मा उपेन्द्र खड्का र वडा नंं १३ मा भरत तामाङ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व