यस्तो छ अहिलेसम्मको देशभरको मतपरिणाम(सूचीसहित)



काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । शुक्रबार मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ । निर्वाचन आयोगका अनुसार कांग्रेसले १०२ नगरपालिकाको प्रमुख र १८० गाउँपालिकाको अध्यक्ष जितेको छ । गठबन्धन आबद्ध नेकपा (माओवादी केन्द्र) २० नगरपालिका र ९२ गाउँपालिका गरी ११२ पालिकामा विजयी भएको छ । यस्तै जनता समाजवादी पार्टी नेपाल २० र नेकपा (एकीकृत समाजवादी) १४ पालिकामा विजयी भएको छ ।

स्थानीय निर्वाचनमा गठबन्धन आबद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले छ महानगर, ११ उपमहानगरसहित केही पालिकामा गठबन्धन गरेका थिए । अधिकांश पालिकामा गठबन्धनका दलले मित्रवत प्रतिस्पर्धा गरेका थिए । गणना बाँकी रहेका पालिकामा पनि गठबन्धन आबद्ध दलले अग्रता लिइरहेका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा (एमाले) दोस्रोमा झरेको छ । एमालेले ६० नगरपालिका र ११५ गाउँपालिका गरी १७५ स्थानमा मात्र विजयी भएको छ । अघिल्लो निर्वाचनमा एमालेले २९४ पालिकामा जीत हासिल गरेको थियो । एमालेले राप्रपा, लोकतान्त्रिक समाजवादीलगायत विभिन्न पार्टीसँग गठबन्धन गरेको थियो ।

यसैगरी कांग्रेसले ७७ नगरपालिकाको उपप्रमुख र १८० गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमाले ७९ उपप्रमुख र ११७ उपाध्यक्ष, माओवादी केन्द्र २८ उपप्रमुख र ९१ उपाध्यक्ष, जनता समाजवादी पार्टी नेपाल १४ उपाध्यक्ष र एकीकृत समाजवादी आठ स्थानीय तहको उपप्रमुखमा विजयी भएको छ । कांग्रेसले सबैभन्दा बढी वडाध्यक्षमा जीत हासिल गरेको छ ।

हालसम्म कांग्रेस दुई हजार ३९२, एमाले एक हजार ९०७, माओवादी केन्द्र ९८९, जनता समाजवादी पार्टी २३८ र एकीकृत समाजवादी पार्टी १०० बढी वडामा विजयी भएका आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटः रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त