न्याय सेवाका सात जना सहसचिवमा र १६ जना उपसचिवमा बढुवा



काठमाडौं । न्याय सेवा आयोगको शुक्रबार बसेको बैठकले सात उपसचिवलाई सहसचिव र १६ अधिकृतलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले न्याय समूहतर्फ सहसचिवमा भुवन गिरी, जगदीशप्रसाद भट्ट, सरकारी वकिल समूहमा हिमालयकुमार त्रिताल, यदुनाथ शर्मा, कोषहरि निरौला र कृष्णराज पन्त त्यस्तै कानुन समूहतर्फ शम्भुराज रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको न्याय परिषद्का सचिव मानबहादुर कार्कीले जानकारी दिए ।

बैठकले उपसचिवमा न्याय समूह हरिप्रसाद रेग्मी, सदन अधिकारी, निरज पोखरेल र कृष्णप्रसाद अधिकारी, कानुन समूहबाट उत्तमप्रसाद खरेल, सरकारी वकिल समूहबाट उत्तम श्रेष्ठ, जनकप्रसाद घिमिरे र धर्मराज जोशीलाई उपसचिव बढुवा गर्ने निर्णय गरेको छ ।

यस्तै, न्याय समूहबाट भेषराज पौडेल, चेतराज पन्त, भेषराज कोइराला र विमल रेग्मीको बढुवा गर्ने निर्णय गरेको छ भने कानुन समूहबाट खिमानन्द ज्ञवाली, सरकारी वकिलबाट टेकराज अधिकारी, बद्रीकुमार कार्की र सन्तोषराज कटुवाल बढुवा भएका प्रवक्ता कार्कीले जानकारी दिए । बैठकमा जिल्ला न्यायाधीशको नजिता सार्वजनिक गर्ने विषय भने प्रवेश नै नभएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम भने कायमै

काठमाडौं । वैशाख १२ को विनाशकारी गोरखा भूकम्प गएको आज ९ वर्ष पूरा

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै

जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको