नेपालद्वारा अफगानिस्तानलाई सहायता सामग्री हस्तान्तरण



काठमाडौं । नेपालले अफगानिस्तानका जनतालाई मानवीय सहायता सामग्री प्रदान गरेको छ । नेपाली जनताका तर्फबाट प्रदान गरिएका मानवीय राहत सामग्री परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले आइतबार अपराह्न काबुलस्थित हमिद कारजायी अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक सक्षिप्त समारोहमा अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबरोभलाई हस्तान्तरण गरिन् ।

अफगानिस्तानको अहिलेको प्रतिकूल मौसम तथा विषम राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी त्यहाँका नागरिकलाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता जुटाउन भारतसहितका देशले सहयोग गरेसँगै परराष्ट्रमन्त्री डा नारायण खड्काको अगुवाइमा नेपालबाट औषधि, लत्ताकपडा र घरायसी सामान सङ्कलन गरेर आजै काबुल पठाइएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसङ्घ, अवैतनिक महावाणिज्य दूतावास नेपाल, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्सलगायत निजी क्षेत्रका शीर्ष निकाय, सङ्घसंस्था र व्यक्तिले सहायता सामग्री उपलब्ध गराएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु र सेवामा पनि मूल्य घट्नु आवश्यक छ : उद्योमन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा

राजस्व हिनामिना गरेको आरोपमा रौतहटका एक मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयरसहित २१ जनाविरुद्ध

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले

पर्यटनमन्त्री आलेद्वारा पदबाट राजीनामा

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई