मन्त्रिपरिषद बैठकद्वारा ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धित आदेश जारी



काठमाडौँ । सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि माघ मसान्तसम्म लागू हुने गरी आदेश जारी गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन एक महिने आदेश जारी गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

उनकाअनुसार आदेशमा यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट सिफारिस भएका विषयहरु नै समेटिएका छन् । आदेशमा माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने तथा स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्नेलगायत विषय समेटिएका छन् । त्यस्तै बैठकले खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
११३५२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको

डेरावालसँग बढी महसुल असुलेमा अब लाइन काटिने

काठमाडौँ । के तपाई अब विद्युतीय सवारीसाधन प्रयोग गर्ने सोंचमा हुनुहुन्छ ? त्यसका

एपिएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौं । प्रधानमन्त्रीकप टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। बुधबार

सवारी दुर्घटना गराई फरार भएका टिपर चालक कीर्तिपुरबाट पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वरमा गएराति मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर कीर्तिपुरमा फेला परेको