सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणमा लाग्‍न राष्ट्रपतिको आग्रह



काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले २०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरुको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेकी छन् ।

बुधबार काठमाडौंमा सुरु भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका क्रममा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाईहरु अन्तराष्ट्रिय समूदायका लागि समेत अनुकरणीय हुने विश्वास व्यक्त गरिन् ।

उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेज विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षेत्रमा लागि पर्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानको भण्डारका रुपमा रहने बताइन् । राष्ट्रपतिले भावी पुस्ताले समेत भूकम्पपछिको पुनर्निर्माण कार्य अनुकरण गर्न लायक रहेको बताइन् ।

भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरु अझ बलियो बनेको उल्लेख गर्दै उनले त्यस कार्यमा सहयोग गर्ने अन्तर्राष्ट्रिय समूदायप्रति आभार व्यक्त गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी