कांग्रेस अधिवेशनमा निर्वाचितहरुको सूची हेर्नुस्



काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत सबै जिल्लामा प्रतिनिभिसभा निर्वाचन क्षेत्रका लागि अधिवेशन भइरहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । कुन जिल्लामा को नेतृत्वमा आयो त ?
काभ्रेको प्रतिनिधिसभा क्षेत्रमा नयाँ नेतृत्व चयन
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको दुई प्रतिनिभिसभा निर्वाचन क्षेत्रका लागि भएको अधिवेशनबाट क्षेत्र नं १ को सभापतिमा दिनेश लामा र २ क्षेत्र नं को सभापतिमा महेश खरेल विजयी भएका छन् ।

मङ्गलबार भएको मतदानमा लामाले अत्यधिक एक हजार ४१ मत र खरेलले ६३४ मत ल्याई निर्वाचित भएका हुन् । लामाको प्रतिस्पर्धी विष्णुमाया पुलामीले १६५ र खरेलको प्रतिस्पर्धी सुन्दरमणि आचार्यले ५४७ मत ल्याई पराजित भए । निर्वाचनमा १ नं क्षेत्रमा रहेका एक हजार ३१४ प्रतिनिधिमा एक हजार २४३ मत खसेको थियो भने २ नं क्षेत्रमा रहेका एक हजार २३० प्रतिनिधिमा एक हजार २०८ मत खसेको दुवै क्षेत्रका निर्वाचन समितिले जनाएका छन् ।

एक नंको क्षेत्रीय सचिवमा विद्यासागर लामाले ९४१ र किशोरराज गिरीले ८५० मत ल्याई निर्वाचित भएका छन् । यस्तै सहसचिवमा गणेशप्रसाद अधिकारीले ८५० र पदमबहादुर लामाले ७९१ मतले विजयी भए । क्षेत्रीय समिति सदस्यमा नवराज दाहाल, लालकुमार पाख्रिन, सत्यदेवी गौतम, केदारप्रसाद अधिकारी, शङ्कर अधिकारी र सुधा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यमा प्रत्यक्षतर्फ चित्रकुमार तामाङ, देवराज लामा, मणिक लामा र विश्वतारा तिमल्सिना सदस्यमा निर्वाचित भएका छन् । यस्तै खसआर्यतर्फ अरुणकुमार शाह र कमला खनाल, आदिवासी जनजातितर्फ गोर्खामान तामाङ र पवन थिङ तथा महिलातर्फ कमला तामाङ र ज्ञानीमाया तामाङ, दलिततर्फ गेमबहादुर विक, अल्पसङ्ख्यकतर्फ दुर्गाप्रसाद चिमौरिया निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा खुला पुरुषतर्फ तीर्थ लामा एक हजार ६०, शङ्खबुद्ध लामा ८०४, गणेश लामा ८०२, गुणराज मोक्तान ८००, गुमानसिं तामाङ ५५५, चन्द्रबहादुर तामाङ (सिबी) ५७५, चन्द्रबहादुर तामाङ, ४७३, विक्रमराज गौतम ४८६ सार्कीमान बल ५५७ र हर्षजीत लामाले ४७४ मत प्राप्त गरी विजयी भएका छन् । खुला महिलातर्फ जयन्ती हुमागाई ७५१, अञ्जु रञ्जित ७२९, मिराकुमारी नेपाली ७०५ र लक्ष्मीकुमारी उप्रेती बर्तौलाले ७१० मत ल्याई विजयी भए ।

यस्तै महाधिवेशन प्रतिनिधिमा आदिवासी जनजातितर्फ हरिबहादुर लामा, रोशन तामाङ र विक्रम लामा तथा आदिवासी महिलातर्फ दुर्गामाया तामाङ, ललिता किङरिङ मगर र शान्ति लामा निर्विरोध निर्वाचित भएका छन् । खसआर्य पुरुषतर्फ रमेशप्रसाद हुमागाईंले ७४५ र माधवप्रसाद पन्तले ४५८ मत ल्याई विजयी भए भने खसआर्य महिलातर्फ रमिला अधिकारीले ५८८ मत ल्याई विजयी भएका छन् । दलिततर्फ उस्फर सुनार तथा अपाङ्गतामा उद्धवप्रसाद कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी काभ्रेपलाञ्चोकको क्षेत्र नं २ को सचिवमा आनन्द सापकोटाले ५६२ र नारायणप्रसाद सापकोटाले ५५४ मत ल्याई विजयी भए । सहसचिवमा चिरञ्जीवी आचार्यले ५७९ र पुरुषोत्तम बजगाईले ५०६ मत ल्याएर विजयी बनेका छन् । क्षेत्र नं २ को समितिका लागि भने सबै पदमा मतदान भएको थियो ।

समिति सदस्यमा भने रुपा पौडेल ५२८, अशोककुमार लामा ५५०, पुण्यप्रसाद रिजाल ५०४, शान्ता शर्मा ५०३, कृष्णप्रसाद सापकोटा ६०६, जनक तिमल्सिना ५४४, इन्दिरा पराजुली ४६५, कुमार लामिछाने ४६८, देवीप्रसाद डोटेल ४५६, धनबहादुर तामाङ ४४६ मत ल्याई विजयी भए ।

महाधिवेशन प्रतिनिधिमा कञ्चनचन्द्र वादे ६७३, अच्युतप्रसाद पौडेल ६११, मधुप्रसाद आचार्य ६०६, चन्द्र ढकाल ५१८, जीतेन्द्रमान तामाङ ५१६, तस्विर लामा ५५२, भोला नेपाल ४७९, माधवप्रसाद ढकाल ४९५, रामप्रसाद थपलिया ४९२ र सुन्दर तामाङले ४९२ मत ल्याई विजयी भएका छन् । महिलातर्फ जीवना वादे ५५०, जानुका नेपाल ५०४, शान्ता क्षेत्री थापा ५७३ र शुभलक्ष्मी मानन्धरले ४८६ मत ल्याई विजयी बनेका छन् ।

महाधिवेशन प्रतिनिधिमै खस आर्य पुरुषतर्फ रामजी पन्त ५९३, महेश पौडेल ५७१, खस आर्य महिलातर्फ रिता गौतम दाहाल ४९२, खस आर्य खुलामा कमल सापकोटा ५१८ र ताराप्रसाद दुलाल ४७१, आदिवासी जनजाति महिला शर्मिला लामा ५०५, जनजाति खुलामा डम्बर तामाङ ५४५ र तेज लामा ५१६, दलिततर्फ सुमित्रा परियार दर्जी ६२९ मत ल्याई विजयी भएका छन् भने तथा अल्पसङ्ख्यकबाट जङ्गबहादुर माझी निर्विरोध निर्वाचित भएका छन् ।
कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा खड्गी विजयी
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा श्यामकृष्ण खड्गी विजयी भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न मतगणनाअनुसार खड्गी १८८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्णमान श्रेष्ठले १७९ मत प्राप्त गरे ।

सचिवमा उत्तम अधिकारी १९५ र रामशरण पाण्डे १८१, सहसचिवमा श्रीकृष्ण विडारी २११ र रवि सापकोटा १६२ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत शिवप्रसाद कँडेलले जानकारी दिए । खुला महाधिवेशन प्रतिनिधिमा कृष्ण सबुज बानियाँ २२८, इन्द्रमान महर्जन १९४, भीमसेनदास प्रधान १९१, हरिहर अधिकारी १७८, मनोज भण्डारी १६२, मोहम्मद निजामुद्दीन १४५, रुपकराज कुँवर १५६, सानुभाई सापकोटा १५८, केदारनाथ पाठक १४४ र इच्छाराम कार्की १४७ मत ल्याई विजयी भएका छन् ।

यस्तै महिला खुलातर्फ हरिप्रभा खड्गी, यासीमा रहमान, जीवन डङ्गोल र अम्बिका शर्मा लामिछाने, पुरुष खस आर्यमा तेजेन्द्रजङ्ग कार्की, इञ्जिनीयर लक्ष्मण केसी र नवराज भण्डारी, महिला जनजाति सावित्री राजभण्डारी र सविता महर्जन निर्वाचित भएका छन् । यसैगरी पुरुष आदिवासी जनजातितर्फ सानुकाजी प्रजापति, विजयकुमार लामा र भाइराम खड्गी विजयी भएका छन् ।

खड्गी र सुशन वैद्यले समान १६७ मत प्राप्त गरेपछि गोलाप्रथाबाट खड्गीलाई विजयी घोषणा गरिएको हो । खस आर्य महिलामा सिर्जना ढकाल र कान्ता अधिकारी निर्वाचित भएका छन् । समावेशी समूहअन्तर्गत दलितमा गोविन्द परियार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत कँडेलले जानकारी दिए । उक्त निर्वाचन क्षेत्रमा ३७७ मत रहेकामा ३७५ मत खसेको थियो । काठमाडौँ क्षेत्र नं ६ मा बागबजार, ठमेल, लैनचौर, सामाखुशी, गोँगबु, टोखा, झोर, महाँकाल, साङ्ला, काभ्रेस्थली, मनमैजुलगायत क्षेत्र पर्दछन् ।
तनहुँ कांग्रेसको नेतृत्वमा युवाको वर्चश्व
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको नेतृत्वमा युवाको वर्चस्व देखिएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्र रहेको जिल्लामा युवा नेतृत्वमा आएका हुन् । तनहुँ क्षेत्र नं १ को सभापतिमा युवा नेता श्याम मौराती निर्वाचित भएका छन् । यही क्षेत्रको सचिवमा तरुण दलका सचिव दयानिधि नराल र बन्दीपुरका युवा नेता राजु बानियाँ निर्वाचित भएका छन् ।

सहसचिवमा शैलेश खाती र युवराज आले निर्वाचित भएका छन् । तनहुँ क्षेत्र नं २ को सभापतिमा नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष चूडामणि खनाल निर्वाचित भएका छन् । सचिवमा तरुण दल व्यास नगरका कार्यवाहक सभापति जीवन चन्द ठकुरी र सन्तोष घिमिरे निर्वाचित भएका छन् ।

दुवै क्षेत्रको कार्यसमिति सदस्यमा पनि युवा निर्वाचित भएका छन् । तनहुँ क्षेत्र नं २ (क) को सचिवमा युथ कांग्रेसका जिल्ला संयोजक राजेशकुमार श्रेष्ठ अत्यधिक मतसहित निर्वाचित भए । समग्र युवाको प्रतिनिधित्व गर्दै आफू उम्मेदवार बनेको र विजयी भएको उनले बताए । महाधिवेशन प्रतिनिधिमा पनि युवाको उम्मेदवारी रहे पनि केही युवा पराजित हुन पुगे भने केही युवा निर्वाचित भएका छन् ।

नेपाल तरुण दल तनहुँका वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, अधिवक्तासमेत रहेका मिलन आले, नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराई, चामबहादुर थापा युवाको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । तनहुँ क्षेत्र नं १ (क) बाट प्रदेश प्रतिनिधिमा अत्यधिक मत ल्याएर निर्वाचित नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले युवा पुस्ताको पार्टीमा आकर्षण बढेको बताइन् ।

दाङमा तीनवटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक
दाङमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि तीन वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । दाङ क्षेत्र नं १ को सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन् । पाण्डेले ४२२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सर्वजीत डिसीले २५७ मत प्राप्त गरे । क्षेत्र नं २ मा ३६६ मतसहित भीमप्रकाश खड्का विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी चित्रबहादुर डाँगी(निर्मल)ले २६६ मत प्राप्त गरे । सचिव पदमा आरके शीतल र डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३२१ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै सहसचिव पदमा रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरी निर्वाचित भएका छन् । क्षेत्र नं ३ मा ४३८ मत प्राप्त गरेर जगतबहादुर खड्का निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर खड्काले ३११ मत प्राप्त गरेका छन् । यस्तै सभापतिका अर्का उम्मेदवार किरण शाहले ६८ मत प्राप्त गरे । सो क्षेत्रमा सचिवमा पूर्णबहादुर खत्री र शोभाकर सापकोटा निर्वाचित तथा सहसचिवमा डेफुलाल चौधरी र भीमकान्त भट्टराई निर्वाचित भएका छन् ।

सुर्खेतका दुवै क्षेत्रमा संस्थापन पक्ष हावी
नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत सुर्खेतमा भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्रका दुवै क्षेत्रमा संस्थापन पक्षले जितेको छ । क्षेत्र नम्बर १ मा भएको निर्वाचनमा सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगी विजयी भएका छन् ।

सचिवमा संस्थापन समूहका मोहन राना र पदमबहादुर खत्री विजयी भएका छन् । सहसचिवमा संस्थापन समूहका प्रेमसिंह ठकुरी र यामलाल पङ्गाली विजयी भएका छन् । यस्तै महाधिवेशन प्रतिनिधिमा महामन्त्री पूर्णबहादुर खड्कासँगै उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, लक्ष्मीदत्त पौडेल, हरिप्रसाद शर्मा, हीरामणि सुनार, अमृता शाही, खगीसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी बैगार, उदे कामीलगायत विजयी भएका छन् ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ को अधिवेशनमा पनि पार्टी सभापति शेरबहादुर देउवा पक्षको प्यानलले नै वर्चस्व जमाएको छ । क्षेत्रीय सभापतिका लागि भएको मतदानमा देउवा पक्षका इन्द्रबहादुर रावल विजयी भएका छन् । सचिवमा दिलीपकुमार वाग्ले र बदबहादुर विष्ट विजयी भएका छन् । सहसचिवमा गगनबहादुर नेपाली र शेरबहादुर अधिकारी विजयी भएका छन् ।

यस्तै प्रत्यक्षतर्फ सदस्यमा काले कामी, चक्रबहादुर सिंह, देवबहादुर थापा, महिला सदस्य वसन्तीकुमार बस्नेत, खस आर्य पुरुषतर्फ छत्रबहादुर बडुवाल, सुशील भट्टराई, महिलातर्फ सीता पौडेल, जनजाति सदस्यमा सुनिता गुरुङ, दलित सदस्यमा नयनसिंह विक र भद्राकुमारी मिजार मत ल्याएर विजयी भएका छन् ।

त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उपेन्द्रबहादुर थापा, कलमबहादुर खड्का कालीप्रसाद शाक्य, टोपबहादुर रावत, तीर्थजङ्ग शाही, नारायणप्रसाद सापकोटा, निरञ्जन केशी, यज्ञबहादुर बुढाक्षेत्री, विष्णुबहादुर खड्का र श्यामकुमार भारती विजयी भएका छन् । थापा पञ्चपुरी नगरपालिकाका मेयर र बुढाक्षेत्री पूर्वमन्त्री हुन् ।

यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि महिलातर्फ जानकी सिंह, धनादेवी विष्ट मुक्तिदेवी पुरी, रुक्मिणी रेग्मी, खसआर्य पुरुषतर्फ डिल्लीराम पाठक, देवकुमार सुवेदी, विवेक आचार्य, महिलातर्फ जयमाला योगी, हजुरा शाही, आदवासी जनजाति पुरुषतर्फ पूर्णबहादुर राना, आदिवासी महिलातर्फ अमृता पुलामी मगर, दलितमा लोकबहादुर विश्वकर्मा, शान्ति पहाडी र मुस्लिममा सतार बक्स विजयी भएका छन् । यसअघि भएको प्रदेशसभा निर्वाचन, गाउँ/नगर तथा वडा अधिवेशनमा पनि संस्थापन पक्षले जितेको छ ।
बागलुङ क्षेत्र नं १ को सभापतिमा शर्मा विजयी
नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ मा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै शर्मा विजयी भएका हुन् । शर्माले ५५४ मत प्राप्त गरेका छन् भने थापाले ५५० मत मात्रै प्राप्त गरे । सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोविन्द पौडेल (गोपाल) र सहसचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी भएका छन् ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट खुल्ला सदस्यतर्फ जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा कँडेल, प्रकाश शर्मा पौडेल, नवराज पौडेल, ओमकार थापा, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

खस आर्यबाट महिला सदस्यमा कमला पराजुली र भगवती शर्मा सापकोटा, खस आर्य खुल्ला सदस्यमा उमाकान्त पौडेल, नारायण शर्मा पौडेल र विष्णु शर्मा दारी विजयी भएका छन् । आदिवासी जनजाति महिला सदस्यमा बेमकुमारी थापा, खुल्लामा वसन्तकुमार श्रेष्ठ र भीम श्रीषले चुनाव जिते । दलित महिला सदस्यमा दुर्गादेवी विश्वकर्मा र दलित खुल्ला सदस्यमा सीताराम रसायली विजयी भए । मुस्लिम, अपाङ्ग, अल्पसङ्ख्यकमा प्रेमबहादुर छन्त्याल निर्वाचित भएका छन् ।
रोल्पा कांग्रेस सभापतिमा किशोर विजयी
नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी भएका छन् । आचार्यले प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । आचार्यले ५०२ मत प्राप्त गर्दा खत्रीले ४४० मत पाएका पाएका थिए ।

कार्यसमितिको अन्य पदाधिकारीमा पनि आचार्यको प्यानल विजयी भएको छ । कार्यसमितिको उपसभापितमा कविता उपाध्याय ४७५ र हरिबहादुर पुन ५०३ मत प्राप्त गरी विजयी भएका छन् । उपसभापतिको प्रतिस्पर्धी अमृत घर्तीले ४३० र लेखमणि डाँगीले ४४२ मत प्राप्त गरेका थिए । यसैगरी सचिवमा तिलबहादुर बुढाथोकी ५१३ र शेरबहादुर थापाले ४४५ मत प्राप्त गरी विजयी भएका छन् ।

सचिवका प्रतिस्पर्धी दीपक श्रेष्ठ ४०८ र रेगबहादुर पुनले ३९७ मत प्राप्त गरेका थिए । सहसचिवमा गंजबहादुर क्षेत्री ५५३ र सुनिलकुमार वली ४७२ मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवका प्रतिस्पर्धी लीलाधर आचार्य २६६ र हुकुम बुढाले ३८१ मत प्राप्त गरे । कूल एक हजार ९३ मतदाता रहेको रोल्पा कांग्रेसको निर्वाचनमा एक हजार ४२ मत खसेको निर्वाचन अधिकृत सूर्यबहादुर वलीले जानकारी दिए । निर्वाचनमा मानबहादुर खत्री र किशोरकुमार आचार्यले सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।
रुपन्देही क्षेत्र नं २ को सभापतिमा लम्साल
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट रुपन्देही क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन् । मङ्गलबार राति सम्पन्न क्षेत्रीय अधिवेशनबाट अर्का प्रतिस्पर्धी काजीमान श्रेष्ठलाई १६० मत अन्तरले हराउँदै लम्साल विजयी भएका हुन् । दोस्रो कार्यकाल पुनः सभापति बनेका लम्सालले ४०२ मत प्राप्त गरेका थिए भने श्रेष्ठले २४२ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, सचिव पदमा प्रजापाल गिरी र विमलराज भट्टराई निर्वाचित भएका छन् भने सहसचिव पदमा मिलन थापा र राजबहादुर क्षेत्री निर्वाचित भएका छन् । यसअघि मतगणनाका क्रममा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीमाथि आक्रमण भएपछि केहीबेर मतगणना रोकिएको थियो ।
कांग्रेस काठमाडौँ क्षेत्र नं १ को सभापतिमा राणा
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ को सभापतिमा रवीन्द्रविक्रम राणा विजयी भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनले राणालाई सर्वसम्मत सभापति निर्वाचित गराएको हो । सभापतिबाहेक अन्य पदमा निर्वाचन भएको कांग्रेस काठमाडौँ क्षेत्र नं १ का नेता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

निर्वाचनबाट सचिवमा रिकेश महर्जन र उमेश तिमल्सेना, सहसचिवमा प्रमोद पौडेल र सुदिपमान डङ्गोल विजयी भएका छन् । महाधिवेशन प्रतिनिधि खुलातर्फ सुरजचन्द्र लामिछाने, दीपेन्द्र श्रेष्ठ, प्रवल थापा, कुश ढकाल, लीलेन्द्रप्रसाद प्रधान, राजेन्द्र गुरुङ, मोहनकुमार राई, हीरालाल तण्डुकार, डा सुरज काफ्ले र आदर्शविक्रम कार्की निर्वाचित भएका छन् ।

महिला खुलातर्फ इन्दु थापा, कल्याणी रिजाल, शान्ता ढकाल र रेणु भट्टराई, खस आर्य महिलातर्फ अम्बिका सुवेदी र भगवती खड्का, जनजातितर्र्फ शम्भु तामाङ, अर्जुन राना र रवि सिंह, दलितमा कुवेर रम्तेल, अल्पसङ्ख्यकमा कुल सुनुवार र मधेसी महिला सम्झना उप्रेती रैनियार विजयी भएका छन् ।
पाल्पाका दुई निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पाल्पामा दुई निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । यहाँ भएको निर्वाचनमा क्षेत्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् । नेपाली कांग्रेस क्षेत्र नं १ पाल्पाको सभापतिमा झमनबहादुर राजमगर निर्वाचित भएका छन् । राजमगरले सभापतिका लागि भएको मतदानमा उनका प्रतिस्पर्धी विष्णुबहादुर बोमरेललाई पछि पार्दै ४४९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी बोमरेलले १३० मत प्राप्त गरेका छन् ।

क्षेत्रीय कार्यसमितिका लागि सभापति र खुल्ला सदस्यका लागि मतदान भएको थियो । अन्य पदाधिकारी भने निर्विरोध चयन भएको छ । सचिवमा कपिलबहादुर खाँण र मधु पराजुली निर्विरोध चयन भएका छन् । त्यस्तै, सहसचिवमा जङ्गबहादुर दर्लामी र दीपक अर्याल, खुल्ला महिला सदस्यमा पार्वती न्यौपाने, खस आर्यमा सदस्यमा तिलकबहादुर मल्ल, आदिवासी जनजाति खुल्ला सदस्यमा केशवकुमार ढेङ्गा र बमबहादुर सिञ्जाली, आदिवासी जनजाति महिला सदस्यमा नरदेवी थापा र रुमाकला राना, दलित खुल्ला सदस्यमा क्षेत्रबहादुर नेपाली निर्विरोध र मुस्लिम सदस्यमा जुनु सेख निर्विरोध चयन भएका छन् ।

खुल्लातर्फको तीनजना सदस्यका लागि भएको मतदानमा महादेव खड्का ३५२ मत, दलबहादुर थापा ३४२ मत र मधुसूदन पोखरेल ३१५ मतसहित निर्वाचित भएका छन् । प्रतिस्पर्धी भेषराज सापकोटाले २२४ मत र विष्णुप्रसाद गौतमले २४२ मत प्राप्त गरेका छन् । त्यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ ज्ञानबहादुर गाहा ४८९ मत, रमणबहादुर थापा ४४४ मत, देवराज ढकाल ४२६ मत, सन्तोषकुमार थापा ४२९ मत, कृष्णप्रसाद अधिकारी ३७६ मत, दानबहादुर पछाई ३६३ मत, कल्प पौडेल ३२५ मत, शालिकराम पाण्डे ३१३ मत, लक्ष्मण भट्टराई ३०९ मत र खगेश्वर पाठक ३०३ मतसहित निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिका प्रतिस्पर्धीहरु डिल्लीराज रेग्मीले २११ मत, नवीन थापाले १४२ मत, राम शाहले २२१ मत, रामचन्द्र नेपालले १५४ मत, लक्ष्मण बस्यालले ३०० मत, विजयराज घिमिरेले २१३ मत र शंकर खनालले २८८ मत प्राप्त गरेका छन् । खुल्ला महिलातर्फ पवित्रा पौडेल ढकाल ४४८ मत विष्णुमायाँ ढकाल ४४० मत, गङ्गा पँगेनी ३४६ मत र दुर्गादेवी भण्डारी ३१३ मतसहित निर्वाचित भएका छन् । प्रतिस्पर्धी विष्णुदेवी आचार्यले २८२ मत, तारा रसाइलीले २५३ मत प्राप्त गरेका छन् ।

खस आर्य खुल्लामा खिमबहादुर क्षेत्री (पुरुषोत्तम) ३३४ मतसहित निर्वाचित भएका छन् । प्रतिस्पर्धी ऋषिराम भट्टराईले ११४ र कृष्णप्रसाद शर्मा पौडेलले १०७ मत प्राप्त गरे । कूल ६१८ मत खसेकामा आदिवासी जनजाति खुल्लामा सन्दीप राना ५१० मत, पूर्णकुमार सोती ४२१ मत, विष्णुकुमार थापा ३९९ मत र दिलबहादुर ढेङ्गा ३८७ मतसहित चयन भएका छन् ।

प्रतिस्पर्धी बोमबहादुर थापाले ३३२ मत प्राप्त गरेका थिए । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दलित खुल्लातर्फ तीनजना प्रतिस्पर्धीमध्ये अर्जुन विक २५६ मतसहित निर्वाचित भएका छन् । प्रतिस्पर्धी अर्जुन विश्वकर्मा (सुनार)ले १८९ मत, एकबहादुर सार्कीले ७९ मत र भीमबहादुर सुनारले २२ मत प्राप्त गरेका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिअन्तर्गत आदिवासी जनजाति महिलामा नरिसरा गाहा, मुना थापा र सीमादेवी थापा, खस आर्य महिलामा विजयकुमारी भट्टराई र मुस्लिम समुदायबाट हजुलदिन मियाँ महाधिवेशनमा निर्विरोध चयन भएका छन ।

क्षेत्र नं २ को सभापतिमा जिसी विजयी

नेपाली कांग्रेस क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी विजयी भएका छन् । जिसी ४६० मत प्राप्त गरी विजयी बनेका छन् । उनका प्रतिस्पर्धी यादवसिंह कार्कीले २१४ मत प्राप्त गरेका छन् ।

कूल ७०४ मत खसेकामा पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ वीरबहादुर राना ५४४, हिमालदत्त श्रेष्ठ ५२३, कृष्णप्रसाद बस्याल ४९०, झपेन्द्र गहिरे ४८७, मेजरसिंह केसी ४७३, लालकुमारी राना ४३८, शङ्कर रायमाझी ४३०, विधानप्रसाद श्रेष्ठ ४२४ र यमलाल तिमिल्सिनाले ४२१ मत प्राप्त गरेका छन् ।

रामेश्वर पन्थी ३४४, राम कार्की ५१४, सुनिता अधिकारी ४९८, शान्ता बोहोरा ४८६, धनकला गाहा ४५३, केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाति खुल्लातर्फ) राजेन्द्रगोपाल सिंह ५०६, कृष्णबहादुर राना ४९०, नलबहादुर राना मगर ४८५ र केन्द्रीय महाधिवेशन प्रतिनिधि दलिततर्फ लक्ष्मण हिताङ ४३७ मतसहित विजयी भएका छन् ।

जिल्ला अधिवेशन मङ्सिर १० गते हुने मिति निश्चित भएसँगै नेपाली कांग्रेस पाल्पाको सभापति पदका लागिसमेत तयारी अगाडि बढेका छन् । यस पटकको महाधिवेशनमा जिल्लामा पुराना तथा नयाँ पुस्ता चुनिएर आएका छन् ।

नवलपुर क्षेत्र नं २ का सभापतिमा बराबर मत
नेपाली कांग्रेसको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर क्षेत्र नं २ को सभापतिमा दुवै प्रतिस्पर्धीको मत बराबर आएको छ । मङ्गलबार भएको मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले समान ३९४ मत प्राप्त गरेका छन् । उनीहरुले प्राप्त गरेको मत परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।

त्यस्तै, नवलपुर क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ १०, महिलातर्फ चार, खस आर्य पुरुषतर्फ दुई, खस आर्य महिलातर्फ एक, आदिवासी जनजाति पुरुषतर्फ तीन, आदिवासी महिलातर्फ दुई, अल्पसङ्ख्यक मधेसी, थारू र दलिततर्फ एक/एकजना गरी २५ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

बुधबार बिहान आएको मत परिणामअनुसार महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ ओमबहादुर घर्ती (४५१), गणेशमान श्रेष्ठ (३८४), चन्द्रबहादुर राना (५२७), चेतप्रसाद पौडेल चेतन (४१६), विष्णुकुमार कार्की (५१४), विष्णुप्रसाद ढकाल (३९३), विष्णुप्रसाद लामिछाने (५०३), शङ्कर तिवारी (३७२), सुरज गुरुङ (३९२) र सोनी जिसी (३८९) विजयी भएका छन् ।

त्यसैगरी, महिलाबाट महाधिवेशन प्रतिनिधिमा ओमकुमारी महतो (३६३), दुर्गालक्ष्मी पाठक काफ्ले (३७२), विमला सापकोटा (३७८) र सुमित्रा खनाल (३७७) निर्वाचित भएका छन् । त्यस्तै, खस आर्य पुरुषतर्फबाट जीवलाल पाठक (४३७), रामजीप्रसाद पौडेल (३८२) र खस आर्य महिलातर्फबाट (३६६) विजयी भएका छन् । यसैगरी, महाधिवेशन प्रतिनिधिमै आदिवासी जनजाति पुरुषबाट टेकप्रसाद श्रेष्ठ (४३९), पूर्णसिंह राना (४१५), श्यामप्रसाद श्रेष्ठ (४३४) तथा जनजाति महिलाबाट पुनम नगरकोटी (४२४) र मायादेवी श्रेष्ठ (४१८) विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिमै अल्पसङ्ख्यक मधेसीबाट नन्दकिशोर गुप्ता रौनियार (४४२), थारूबाट टीकाकुमारी महता (४२२) र दलितबाट झमाया विक (४६२) विजयी भएका छन् । त्यसैगरी, क्षेत्र नं १ मा मतगणना जारी छ । निर्वाचन अधिकृत चुडामणि शर्माका अनुसार क्षेत्र नं १ मा एक हजार १५१ मत खसेको छ ।
भक्तपुर क्षेत्र नं १ सभापतिमा खत्री र २ मा कार्की विजयी
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भक्तपुरमा भएको दुई निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

मङ्गलबार भएको मतदानको आज आएको नतिजाअनुसार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा जीवन खत्री र क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा भेषबहादुर कार्की निर्वाचित भएका छन् । त्यसैगरी, क्षेत्र नं १ को सचिवमा समुन्द्र थापा र रबिनकुमार केसी तथा सहसचिवमा रामकाजी भुज र राजेश्वर वन निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा आदिवासी जनजाति खुल्लातर्फ बलबहादुर श्रेष्ठ र सहदेव श्रेष्ठ तथा प्रदेशसभा ‘क’ बाट लक्ष्मीभक्त गोसाईं, नीलकृष्ण साख र महिलातर्फ कमलकेशरी चौगुठी निर्वाचित भएका छन् । कार्यसमितिका अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएको बताइएको छ । त्यस्तै क्षेत्र नं १ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा प्रवीन वन, बाबुराजा जोशी, राधा कार्की (सरु बानिँया), कृष्णलाल भँडेल, जीवन खत्री, जग्गनाथ कार्की, राजाराम खड्का, दयामान कमर्चाय, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषत्तोम लामिछाने, मनोजकुमार थापा, गोविन्द थापा, नवराज दाहाल रहेका छन् ।

त्यस्तै, शुभद्रा काफ्ले, सङ्गीता फुयाँल, रुपा थापा, गङ्गालक्ष्मी अवाल, रजनी जोन्छे, रञ्जना कक्षपति, सुरेश श्रेष्ठ, रत्नसुन्दर खाइतु, जीवन भुजू, केशव दुवाल र हरिकृष्ण श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यसैगरी, महाधिवेशन प्रतिनिधिमा जीवन खत्री, गोविन्द थापा र नवराज दाहाल पनि निर्वाचित भएका छन् ।

त्यसैगरी कांग्रेस भक्तपुर क्षेत्र नं २ को सचिवमा ईश्वर खड्का र सबिन ढुङ्गेल तथा सहसचिवमा सुसन प्रजापति र मीना चित्रकार श्रेष्ठ विजयी भएका छन् । महिला सदस्यमा रीना महर्जन, खुल्ला सदस्यमा बाबुकाजी डङ्गोल, वीरजी श्रेष्ठ, धर्मभक्त श्रेष्ठ, आदिवासी जनजाति महिलामा मधु श्रेष्ठ विजयी भएका छन् ।

आदिवासी जनजाति खुल्लातर्फ हरिभक्त हेक्का, वीरेन्द्र प्रजापति, खस आर्य महिलातर्फ दुर्गा न्यौपाने, खस आर्य खुल्लातर्फ प्रल्हाद कार्की र अचुत केसी विजजी भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधि महिलातर्फ रमा कोइराला पौडेल, दुर्लभ थापा, अष्टकुमार कवें, मदनकृष्ण श्रेष्ठ, नारायणभक्त खायमली, विष्णुराज कार्की, मुरारीप्रसाद आर्चाय, उद्धव सिलवाल, राजनकाजी त्वाती, गणेशमान चक्रधर र सन्तोष भट्टराई, अञ्जनादेवी मध्यकर्मी, प्रमिला सुवेदी आचार्य र कमला कर्मचार्य विजयी भएका छन् ।

यस्तै, आदिवासी जनजाति खुल्लातर्फ ज्ञानदास प्रजापति, दिलकृष्ण प्रजापति र रामकाजी चक्रधर विजयी भएका छन् भने खस आर्य महिलातर्फ सङ्गीता थापा, सुमित्रा सापकोटा, खस आर्य खुल्लातर्फ अचुतप्रसाद मिश्र, लछुराम न्यौपाने र उमेश खड्का विजयी भएका छन् ।

दलिततर्फ पूर्ण नेपाली बिसुङ्के, मुस्लिम अपाङ्ग मधेसीतर्फ कसबहादुर कोजु, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति महिलातर्फ नारायणदेवी जाकिबञ्जार र खुल्लातर्फ मिठाराम न्यौपाने, मनिराज थापा, महितर्फ हीरा श्रेष्ठ र खुल्लातर्फ राजभक्त श्रेष्ठ तथा राजेश श्रेष्ठ विजयी भएका छन् ।

दुवै क्षेत्रमा मङ्गलबार भएको निर्वाचनमा क्षेत्र नं १ को मतपरिणाम मङ्गलबार राति र क्षेत्र नं २ को मत परिणाम बुधबार बिहान ११ः३० बजे निर्वाचन समितिले सार्वजनिक गरेको थियो । क्षेत्र नं २ का मङ्गलबार मतदानका क्रममा विवाद भएपछि रोकिएको मतदान साँझ पुनः सुरु भएको थियो । नेपाली कांग्रेस जिल्ला सभापतिमा वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेँबीच प्रतिस्पर्धा हुने देखिएको छ । १३औँ महाधिवेशनमा पनि थापा र कवेँबीचको कडा प्रतिस्पर्धामा थोरै मतान्तरले थापा विजयी भएका थिए ।
कांग्रेस जुम्ला सभापतिमा शाही विजयी
नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित भएका छन् । बुधबार सम्पन्न भएको मतगणनामा अर्का उम्मेदवार दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै उनी विजयी भएका सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर बस्नेतले बताए ।
चितवनका तीन निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व
नेपाली कांग्रेसको १४औँ महाधिवशेन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । क्षेत्र नं १ मा किरणभूषण ओली, २ मा भरत लामिछाने र ३ मा लालबहादुर दवाडी निर्वाचित भएका छन् ।

यही मङ्सिर ६ गते भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र मतदानपछि मङ्गलबार साँझ सम्पन्न मत गणनाले तीनै क्षेत्रमा नयाँ नेतृत्व निर्वाचित गरेको हो । क्षेत्र नं १ मा ओलीले ४९१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी इन्द्रकमल बुढाथोकीले ४२३ मत प्राप्त गरे । यस्तै क्षेत्र नं २ मा लामिछानेले ५०३ मत प्राप्त गर्दा अर्का उम्मेद्वार लक्ष्मण गुरुङ्ले ४४५ मत प्राप्त गरे ।

यस्तै क्षेत्र नं ३ मा दवाडी २९८ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी दामोदर न्यौपाने, अमृतबहादुर बानियाँ, जगन्नाथ कँडेल र देवेन्द्रप्रकाश क्षेत्रीलाईपछि पार्दै उनी सभापतिमा निर्वाचित भएका हुन् । अधिवेशनका क्रममा जिल्ला शीर्ष नेतृत्वको पराजय भएको छ । पूर्वमन्त्रीदेखि मन्त्रीका निजी सचिवसम्म महाधिवेशन प्रतिनिधिमा पराजय बेहोर्नु परेको छ ।

पराजय हुनेमा पूर्व सभापति एवं जलस्रोतमन्त्री नारायण शर्मा, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, प्रदेशसभा सदस्य गीता वाग्ले, पूर्व सांसद जगन्नाथ पौडेल, गृहमन्त्री बालकृष्ण खाँडका निजी सचिव नरेन्द्र केसी महाधिवेशन प्रतिनिधिमा पराजय बेहोर्नु परेको छ ।

महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट गीता देवकोटा, निता ढकाल, शशी महतो, सावित्री बोगटी (पाठक), उत्तम आचार्य, कुमार कार्की, प्रा डा तीर्थराज खनिया, दिवाकर अर्याल, प्रदीप बस्नेत, वासुदेव ढुङ्गाना, भेषराज दुवाडी, राजुप्रसाद सिलवाल, राजेन्द्रप्रसाद बुर्लाकोटी, शरदकुमार बर्तौला निर्वाचित भएका छन् । त्यसैगरी शशी रानाभाट, सरस्वती पौडेल, नेमराज शर्मा पौडेल, सरोज कुँवर, कमलादेवी श्रेष्ठ, जयन्द्रकुमार श्रेष्ठ, धनबहादुर गुरुङ्, शेरबहादुर परियार, चन्द्रकुमारी चौधरी, चन्द्रविक्रम चौधरी, महेश रोनियार विजयी भएका छन् ।

क्षेत्र नं २ बाट गीताकुमारी गुरुङ, मीनाकुमारी खरेल, निरु कार्की, विनु रायमाझी पौडेल, डा इश्वरी लौडारी, उत्तम जोशी, केशव महर्जन, जीतनारायण श्रेष्ठ, टङ्कनाथ पौडेल, देवेन्द्र गुरुङ्, प्रकाश अधिकारी, मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, राजेश्वर खनाल, कमला पौडेल, पार्वती शाह, ऋषि खनाल, रामशरण कुँवर, इन्द्रमायाँ लामा, गौरीकुमारी श्रेष्ठ निर्वाचित भएका छन् ।

सोही क्षेत्रबाट रामकुमार श्रेष्ठ, सरोज गुरुङ्, शान्ति परियार, डा फणिन्द्रकुमार चौधरी र नरजङग प्रजा निर्वाचित हुनुभएको छ । क्षेत्र नं ३ मा महाधिवेशन प्रतिनिधिमा अञ्जनी श्रेष्ठ, गीता गुरुङ, शारदा गुरुङ, सविता बराल, उमेश श्रेष्ठ, कैलाश कोइराला, चन्द्रध्वज गुरुङ्, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, भरत गुरुङ, रामकृष्ण घिमिरे, विजय शर्मा भूषाल, शङ्करप्रसाद कँडेल, डा सूर्यकान्त घिमिरे, कमला रानाभाट, सरिता केसी, केदारनाथ कोइराला, बलराम पौडेल, सम्भुबहादुर भण्डारी, सूर्यबहादुर बस्नेत, तारा गुरुङ्, कर्णबहादुर गुरुङ्, बेलवबहादुर गुरुङ, विष्णुमाया परियार, साजनकुमार महतो, कृष्णबहादुर भुजेल निर्वाचित भएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै