अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा



काठमाडौं । नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं आइपुगेका छन् ।

दुईमहिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको सरकारी निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ । मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा उनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नेछन् ।

यसैबीच, काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गरी सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने जनाएको छ ।

बिहीबार दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने तथा उनले नेपाली अधिकारी र उदीयमान नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो । “कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने अमेरिकी राष्ट्रपति वाइडेनका उच्च प्राथमिकताका विषयलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ”, विज्ञप्तिमा भनिएको छ ।

सहायक विदेशमन्त्री लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी, नायब शिष्टाचार महापाल रेवतीरमण पौडेल र अमेरिकी दूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिममा नयाँ ट्वीष्ट, एकीकृत समाजवादीद्वारा लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउन दिएको समर्थन फिर्ता

सुदूरपश्चिम । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका नेता

भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्छः महामन्त्री थापा

    सुदूरपश्चिम ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको

महालेखापरीक्षकमा तोयम रायाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

  काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन

अख्तियारद्वारा डोल्पामा खेल मैदान निर्माणमा भ्रष्टाचार भएको भन्दै पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको