पोखराका प्रमुख गन्तव्य घुम्न ‘साइटसिन बस’ सञ्चालन



पोखरा । कोरोनाको प्रभाव कम हुँदैछ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइको सहर पनि हो । छोटो बसाइमा सहजरुपमा पोखरा घुम्न चाहनेलाई लक्षित गरी पहिलोपल्ट स्विफ्ट होलिडे पोखराले ‘सिटी साइटसिन’ बस सञ्चालनमा ल्याएको छ ।

पोखराका प्रमुख आकर्षक पर्यटकीय गन्तव्यहरु घुम्न चाहने पर्यटकलाई लक्षित गरी सिटी साइटसिन र हिल हाइकिङका रुट १ र २ गरेर दुईवटा बस सञ्चालनमा ल्याएको कम्पनिका बजार व्यवस्थापक प्रदीप भट्टले जानकारी दिए । “पोखरामा धेरै पर्यटक घुम्न आउँछन् तर सबैको हैसियत ट्याक्सी र अन्य गाडी रिजर्भ गरेर घुम्न सक्ने हुँदैन, हामीले त्यस्ता पर्यटक लक्षित गरेर ६ सयको प्याकेजमा घुम्ने व्यवस्था गरेका छौ ।” पर्यटकले उक्त प्याकेजमा २५ सिट क्षमताका बसमा पोखराका प्रमुख पर्यटकीय गन्तव्य जानकारीसहित घुम्न पाउनेछन् । असोज १ देखि यो सेवा सुरु भएको हो ।

रुट १ को बस हल्लनचोकबाट छुट्नेछ । विन्ध्यवासिनी मन्दिरको दर्शनसँगै पर्यटकलाई चमेरे गुफा, महेन्द्र गुफा, सेती नदी हुँदै वेगनासतालको अवलोकनपछि दिवा खानामा रोकिनेछ । त्यसपछि डेभिजफल्स र गुप्तेश्वर गुफा, लेकसाइड हुँदै खपौदी गएर एक घण्टा घुमघामको लागि रोकेपछि पर्यटकलाई हल्लनचोक र फिस्टेल गेटमा छोडेर ८ घण्टाको घुमघाम प्याकेज सकिनेछ ।

रुट २ मा पोखराको स्ट्रिट नं २ फिष्टेल गेटबाट बिहान यात्रा सुरु हुनेछ । पर्यटकलाई विन्ध्यवासिनी मन्दिरको दर्शन गराएर सराङकोटको भ्यूटावर पोखराको बजारको अवलोकन गराइन्छ । पोखराको पुरानो बजार मोहोरिया टोल, भीमसेन टोल हुँदै, रातो पैह्रोस्थित बञ्जी नेपालको अवलोकनसँगै डेभिजफल्स, गुप्तेश्वर गुफा भ्रमणपछि खानको समय हुनेछ । त्यसपछि पुम्दी भुम्दीको शान्ति स्तूपा र शिव मूर्ति लगिनेछ । यात्रामा अवलोकन गर्ने ठाँउहरुको प्रवेश शुल्क र खानाको खर्च आफैं व्यवस्था गर्नुपर्नेछ । बस टिकट इसेवाबाट र ट्राभल एजेन्सीबाट काट्न सकिनेछ । भारतीय नागरिक र आन्तरिक पर्यटकले यो प्याकेज बढी रुचाएको भट्टले बताए ।

पोखरा दोस्रो पल्ट घुम्न आएका बुटवलका ४० वर्षीय सागर विश्वकर्माले साइटसिन बसबाट यात्रा गर्दा सस्तो र सहज भएको बताए । “म पहिला यता उता घुम्दा घुम्दै चार पाँच हजार खर्च भएको थियो, अहिले साइटसिनबाट एक दिनमा पोखराका घुम्नै पर्ने ठाउँहरुको अवलोकन सस्तोमा गर्न सफल भए”, विश्वकर्माले भने । न्यून आएका भएकालाई यो प्याकेजले राहत मिलेको उनले बताए । सस्तो प्याकेजको खाना र आवासको व्यवस्था गराउन सके अझै राहत हने यात्रुको सुझाव छ ।

छोटो बसाइ र कम खर्चमा पोखरा घुम्न चाहनेलाई लक्षित साइटसिन बस सञ्चालन हुनु राम्रो भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । “ आन्तरिक पर्यटक लक्षित बसले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिन सकिन्छ”, भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा