बार पदाधिकारीलाई न्यायाधीशहरुले भने-न्यायालय सुधारका लागि कुनै सम्झौता गर्दैनौं



काठमाडौं । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच न्यायालयमा देखिएको समस्या समाधानका सम्बन्धमा छलफल भएको छ । बार एशोसिएसन र न्यायाधीशहरुबीच मंगलबार न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको हो ।

छलफलका क्रममा न्यायाधीशहरुले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता व्यक्त गर्दै समस्या समाधानको सम्बन्धमा आफूहरु छलफलमा रहेको बताएका नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

बारले प्रधानन्यायाधीशको राजीनामा नै आफूहरुको बटम लाइन रहेको छलफलका क्रममा राखेको उनले बताइन् । उपाध्यक्ष बस्यालका अनुसार न्यायाधीशहरुले न्यायपालिकाको विकृति र विसंगतिको सम्बन्धमा कुनैपनि सम्झौता नहुने जनाएका छन् । न्यायालय सुधारकै निम्ति आफूहरुले योगदान दिने न्यायाधीशहरुले बताएका उपाध्यक्ष बस्यालको भनाई छ ।

न्यायाधीशहरुको भनाई उदृत गर्दै बस्यालले भनिन्, ‘उहाँहरु सेवाग्राहीलाई सेवाबाट जुन वञ्चित हुनुपरेको छ । यसको बारेमा चिन्तित हुनुहुन्छ । दोस्रो न्यायपालिकाभित्रका विकृति, विसंगतिको बारेमा उहाँहरु हामी पनि कम्परमाइज गर्दैनौँ । जे–जस्तो सुधार हो त्यसको लागि हामी पनि पहल गर्छौ । हाम्रोपनि योगदान रहन्छ भनेर भन्नुभएको छ ।’ नेपाल बार एशोसिएसनले कार्यसमितिको बैठकबाट आगामी आन्दोलनको कार्यक्रम घोषणा गर्ने उपाध्यक्ष बस्यालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ

कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,