भाडादर समायोजन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको माग



काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले विज्ञप्ति जारी गरी छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गरेका हुन् ।

“वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासङ्घविच लिखित सम्झौता भएपनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ”, महासचिव बानियाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

महासङ्घले चाडपर्वको सेरोफेरोमा डिजेलमा १०४ रुपैयाँबाट १५ रुपैयाँ बढाएर ११९ रुपैयाँ पुर्याएकाले ट्रक व्यवसायले पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको छ । महासङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार अधिवक्ता नारायण खनाललाई तत्कालका

शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से शून्य

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कतारका अमिर नेपालमा ऊर्जा, यातायात र कृषि क्षेत्रमा सहकार्य गर्न सकारात्मक

काठमाडौँ ।  नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि