कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउन महाधिवेशनले ठूलो भूमिका खेल्छः रामचन्द्र पौडेल



सिन्धुपाल्चोक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताएका छन् । उनले जनताको आशा र भरोसाको पार्टी कांग्रेस मात्र भएकाले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा जिल्ला कार्यसमिति सदस्य तथा इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व मिरा अधिकारी लामाको २२औँ पुण्य तिथिमा आयोजित श्रद्वाञ्जलीसभामा नेता पौडेलले जनताको भरोसाको पार्टी बनाउन आसन्न महाधिवेशनले ठूलो भूमिका खेल्ने बताए । उनले आगामी १४औँ महाधिवेशनले सही नेतृत्व चुन्नेमा आफू ढुक्क रहेको बताए ।

देशलाई रूपान्तरण गर्नुपर्ने आवयश्कता रहेको बताए । स्व लामा एक विकास प्रेमी, सुशासन प्रेमी र लोकतन्त्रको हिमायती महिला भएको पौडेलले बताए ।

सो अवसरमा पार्टी जिल्ला सभापति एवम लामाका श्रीमान् विकास लामा, कांग्रेस क्षेत्रीय सभापति आइतमान तामाङक, ईन्द्रावती गाउपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङलगायतले स्वर्गिय लामाले महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य योगदान दिएको बताए । उनको नाममा स्मृती भवन स्थापना गर्ने घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय