राष्ट्रपतिको पारिवारिक विवरण संकलनसँगै सुरु भयो राष्ट्रिय जनगणना



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक विवरण संकलनसँगै राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागबाट गएको गणकको टोलीले बिहीबार बिहान राष्ट्रपति भण्डारीको परिवारिक विवरण संकलन गरेको थियो ।

जनगणनाका लागि तयार गरिएको प्रश्नावली राष्ट्रपति भण्डारीलाई सोधिएको थियो । बिहीबारदेखि सुरु भएको जनगणना मंसिर ९ मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना सुरु भएको हो ।

राष्ट्रपति भण्डारीको परिवारिक विवरणपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको जनगणना गरिएको छ । जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । एक जना गणकले कम्तीमा दिनमा १२ परिवारको लगत लिनुपर्ने हुन्छ । जनगणनाको १५ दिने अवधिमा एक जना गणकले सरदर १ सय ७५ घरपरिवारको लगत लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।