प्रधानन्यायाधीशको राजीनामाबाहेक कुनै पनि विषयमा सम्झौता हुँदैनः अर्याल



काठमाडौं । कानुन व्यवसायीहरुले न्यायालयको शुद्धिकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको बहिर्गमन एकमात्र विकल्प भएको बताएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले सुरु गरेको धर्ना कार्यक्रममा उनीहरुले प्रधानन्यायाधीशको राजीनामाले मात्र निकास दिने बताएका हुन् ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश जबराको पालामा न्यायालयमा विचौलियाको प्रभाव बढेको टिप्पणी गरेका छन्। उनले प्रधानन्यायाधीश राजनीतिक दलको नेता भएको आरोप लगाए ।

उनले राणाले न्यायालय ठीक ढंगले हाक्न नसकेका कारण भ्रष्टाचार बढेको बताए । श्रेष्ठले भिजिलान्ते प्रयोग गरेर आन्दोलन भाड्ने कोसिस भइरहेको समेत बताए । न्यायालयको विवादमा राजनीतिक दलहरू मौन बसेको भन्दै उनले दलहरूले मौनताको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । उनले यस्तो अवस्थामा कुन नैतिकताले पदमा बस्ने भन्दै थप प्रश्न उठाए ।

उनले भने, ‘हुँदाहुँदा प्रधानन्यायाधीशले त मन्त्री बनाउन थाल्नुभयो । राजनीति नियुक्तिमा भाग खोज्न थाल्नुभयो । अब उहाँलाई त्यो पदमा बसिरहने नैतिकता छ ?’

सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबराको राजीनामा आफूहरुको बटमलाइन भएको बताए । उनले बुधबारसम्म राजीनामा नआए चर्को आन्दोलनमा जानुपर्ने स्थिति आउनसक्ने बताए ।

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशको राजीनामा बाहेक कुनै पनि विषयमा सम्झौता नहुने बताए । जबराले राजीनामा नदिए उनलाई के गर्ने भन्ने संसदको दायित्व भएकाले यसतर्फ ध्यान दिन दलहरूलाई आग्रह गरे ।

प्रधानन्यायाधीश जबराले अदालतमा विकृति रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै हातमा कालोपट्टी बाँधेर कात्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिंदै आएको छ । प्रधानन्यायाधीश जबराले भने कसैले माग्दै राजीनामा नदिने बताउँदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण

सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा