बुर्जुवाहरुलाई राजतन्त्रकाविरुद्ध माओवादीसँग गरेको सम्झौता ट्याक्टिल मात्र गरेको भन्ने लाग्न थालेको छः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र अन्त्य भएको १५/१६ वर्ष पछि बुर्जुवहरुलाई राजतन्त्रकाविरुद्ध माओवादीसँग गरेको सम्झौता ट्याक्टिल मात्र गरेको भन्ने देखिन थालेको बताएका छन् ।

सोमबार बिहान कीर्तिपुरको नगाउँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले बुर्जुवाहरुलाई गणतन्त्र, संविधानसभा कौशलका लागि मात्र सहमति गरेको देखिन थालेको बताएका हुन् । माओवादी विभाजित हुँदा बुर्जुवाहरुको मनोबल उठेको भन्दै संगठन निर्माणलाई व्यापक बनाउन नेता कायर्तालाई आग्रह गरे ।

उनले भने,‘हामीसँग बाध्य भएर सम्झौता गरेकाहरु यो संविधान च्यातचुत पार्नुपर्छ, समानुपातिक धर्मनिरपेक्षता पनि ठीक छैन भनेर लागेका छन् । हिजो माओवादी घरमा आएर सुख दुःख साट्थे अहिले आउँदैनन् एमाले जस्ता हुन थाले भनेर जनतामा पनि निराशा छाएको छ । त्यसैले हामीले जनताको घरघरमा जाने र माओवादीनै असल मित्र हो भन्ने अभियानमा लाग्नुपर्छ।’

उनले एमाले अध्यक्ष केपी ओली मौका परे गणतन्त्र उल्ट्याउने षड्यन्त्रमा लागेको आरोप लगाए । उनले भने,‘ केपी ओली संघीय गणतन्त्र मन परेको छैन, दलितलाई कोटा छुट्याएको मन परेको छैन भन्थे । केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका मान्छेलाई मौका आएपछि गणतन्त्र उल्ट्याउनुपर्छ भनेछन् । ल हेर्नुस् त कहाँसम्म पुग्यो कुरा ?’

उनले पाँच दलीय गठबन्धन संविधान र लोकतन्त्रको रक्षका लागि बनाइएको बताए । उनले ६ वटा प्रदेशमा ओली प्रवृत्तिलाई पराजय गरी नयाँ सरकार गठन हुनु ठूलो उपलब्धि भएको बताए । यसबाट माओवादीहरु सिद्धिए भन्नेहरुलाई झट्का लागेको उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले माओवादी राजनीतिको कन्द्रमा आएको बताए । उनले भने, ‘माओवादी सिद्धिए भन्नेहरुलाई झट्का लागेको छ, फेरि माओवादी राजनीतिको केन्द्रमा आयो भनेर । जनताले यो कुरा बुझेका छन् । अहिले विस्तारै विस्तारै माओवादी नै रहेछ भन्ने जनतालाई परेको छ । ६४ सालको जस्तो चुनावी परिणाम आउने लहर चलेको छ । विशेष गरी तराइतिर माओवादीतर्फ आउने लहर झनै बढेको छ । उनीहरुलाई माओवादी असली मित्र रहेको भन्ने परेको छ । पार्टी चल्न थालेको छ, उभार आएको छैन, उभार ल्याउन आवश्यक छ । त्यसलाई कसैले पनि रोक्न सक्दैन । हामीले यो कुरा जनतामा बुझाउन जरुरी रहेकाले जनतामाझ जान आग्रह मार्केटिङ गर्न आवश्यक । मार्केटिङ गर्न नसकेर यस्तो भएको हो । आत्मालोचनासहित जनतामाझ जान आवश्यक छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

कांग्रेसको सहकारी र आदिवासी विभागमा दश/दश सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू