प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि नेपाल बारले दियो बुधबारसम्मको समय



काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार बसेको नेपाल बारको केन्द्रीय कार्यसमितिको बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षसहित आगामी बुधबार पाखुरामा कालोपट्टि बाँधेर धर्ना दिने निर्णय गरेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

त्यसैगरी बैठकले प्रधानन्यायाधीश जबरालाई आफ्नो लागि इजलास नतोक्न पनि आग्रह गरेको छ । त्यसैगरी आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ ।

त्यस्तै बैठकले सबैलाई न्यायालय शुद्धिकरण अभियानमा नेपाल बारले सुरु गरेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेको छ । बुधबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआएमा नेपाल बारले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र