ओलीले थाइल्यान्ड र इटली लगायतका देशबाट महंगा सामान भित्राएको रहस्य खुल्योः प्रचण्ड



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले थाइल्यान्ड र इटली लगायतका देशबाट महंगा सामान भित्राएको रहस्य खुलेको बताएका छन् ।

शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले आफूले कहिल्यै बालुवाटार छोड्न नपर्ने सोचेर प्रधानमन्त्री निवास र सचिवालय बनाउने क्रममा महँगा विदेशी सामान ल्याएर थुपारेको भेटिएको बताएका हुन् ।

उनले भने,‘केपीले त अब मैले त्यो दरबार जिन्दगीभर छोड्नुपर्दैन भन्ने ठानेका रहेछन् । थाइल्यान्ड, इटाली र रोमबाट यति महँगा महँगा समान ल्याएर थुपारेका रहेछन्, त्यो देख्दा अरु त अरु शेरबहादुर देउवा पनि जिब्रो टोक्नुभएको छ । बाफरे बाफ केपी ओलीको दम्भ ! उनले के ठानेको र ऐयासी जीवन, राजा भएँ भन्ने ठानेका रहेछन्’ ।

अध्यक्ष प्रचण्डले ओलीले आफू राजा नै भएँ अब यो दरबार छोड्नुपर्दैन भनेको जस्तो गरेको भन्दै यसबारे गठबन्धनमा छलफलसमेत भएको बताए । उनले भने,‘अस्ति हामी गठबन्धनमा कुरा पनि गर्यौ यो त जनतालाई थाहा हुनुपर्यो भनेर । अर्बौंको सामान विदेशबाट ल्याउने प्रधानमन्त्रीलाई आउने चुनावमा जनतालाई नै फैसला गर्न दिनुपर्यो।’ ओलीले आफूले बालुवाटार छोड्नु नै पर्दैन भन्ने सोचेर त्यस्ता महँगा सामान थुपारेको भन्दै उनले राजकीय शान देखाएको समेत बताए । ‘उनलाई त म राजा नै भएँ भन्ने लागेको रहेछ’, प्रचण्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।