तीन महिनामा पाँच खर्बको वैदेशिक व्यापार



काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेकामा चालू आर्थिक वर्षको सो अबधिमा पाँच खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ ।

भन्सार विभागद्वारा मंगलबार जारी चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासिकका तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा आयात ६३ दशमलव ७३ प्रतिशतले बृद्धि भइ चार खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार पुगेको छ । गत आवको पहिलो तीन महिनामा दुई खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजारको आयात भएको थियो । तथ्याङ्कानुसार चालू आवको तीन महिनाको वैदेशिक व्यापारमा आयात–निर्यातको अनुपात ८८.०३ ः ११.९७ छ ।

सार्वजनिक विवरणानुसार गत आर्थिक वर्ष पहिलो त्रैमासिकका तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनाको निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३१ अर्ब चार करोड ६० लाख ९३ हजारको निर्यात भएकामा चालू आर्थिक वर्षमा ६५ अर्ब पाँच करोड २८ लाख ३४ हजारको निर्यात भएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा मुलुकको व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढेर चार खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार पुगेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा दुई खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार थियो । चालू आर्थिक वर्षको पहिलो तीन महिनाको कूल वैदेशिक व्यापारमध्ये निर्यातका तुलनामा आयात सात दशमलव ३६ गुणाले बढी देखिन्छ ।

डिजेल धेरै आयात
विभागको तथ्याङ्कानुसार तीन महिनामा २३ अर्ब ३२ करोड ४४ लाख ७१ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ जुन आयातमध्येकै बढी हो । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ । व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनः निर्यात गर्दै आएका छन् । चालू आवको पहिलो तीन महिनामा करिब १३ करोड लिटर भटमासको तेल २० अर्ब ६० करोड ६० लाख ५१ हजार मूल्य बराबरको निर्यात भएको विभागले जनाएको छ ।

त्यस्तै चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मोबाइल टेलिफोन १७ अर्ब १७ करोड ७१ लाख ८० हजार, पाम आयल १३ अर्ब चार करोड ५३ लाख ८६ हजार र पेट्रोल १२ अर्ब ८६ करोड ५६ लाख ५७ हजारको आयात भएको छ ।

भटमासको तेल बढी निर्यात

नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागकोे तथ्याङ्कानुसार स्वदेबाट २२ अर्ब दुई करोड ६८ लाख ५२ हजारको भटमासको तेल निर्यात भएको छ ।

व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेका छन् । सबैभन्दा बढी निर्यात हुने वस्तुको दोस्रा नम्बरमा कच्चा पाम तेल र तेस्रोमा प्रशोधित पाम तेल छन् । सार्वजनिक विवरणानुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आठ अर्ब ४५ करोड ९८ लाख ३१ हजारको कच्चा पाम तेल र पाँच अर्ब पाँच करोड ४८ लाख ९८ हजारको प्रशोधित पाम तेल निर्यात भएको देखिन्छ ।

त्यस्तै चालू आर्थिक वर्षको गत तीन महिनामा लगभग रु दुई अर्ब २४ करोड ७६ लाख ६६ हजार बराबरको ऊनीको गलैंँचा र झण्डै एक अर्ब ८७ करोड ५५ लाख ६९ हजार बराबरको जुटका बुनिएका कपडा तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास