राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण



भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरेकी छन् । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गरेकी हुन् ।

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नकी इन्दिरा वनमाला र नाइके बिज्रेश वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराएका थिए । राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेकी थिइन् । राष्ट्रपतिले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गरेकी थिइन् ।

नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उनले जनही रु एक हजार पाँचका दरले दक्षिणासमेत प्रदान गरिन् । राष्ट्रपति भण्डारीलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूलमाला तथा प्रसाद प्रदान गरेका थिए । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले राष्ट्रपति भण्डारीलाई ढलौटबाट बनेको गणेशको मूर्ति प्रदान गरे ।

राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापा, जिसस प्रमुख गेलाल, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, जिसस उपप्रमुख सरिता कुँवर, तीनवटै नगरपालिकाका उपप्रमुख वीणा बाँस्तोला, जुना बस्नेत, अञ्जनादेवी मधिकर्मी, एमाले जिल्ला अध्यक्ष बचन देउजा, गुठी कार्यालयका प्रमुखलगायतले मन्दिरमा स्वागत गरेका थिए ।

देवगणलाई दक्षिणा दिने क्रममा देवगणहरुका तर्फबाट भद्रकाली बन्ने देवगण बालकृष्ण वनमालाले दुई वर्ष अगाडि भक्तपुरको जिसस प्राङ्गणमा राष्ट्रपति भण्डारीले अवलोकन गर्ने गरी प्रदर्शन गरिएको नवदुर्गा नाचको कूल खर्चमध्ये ४८ हजार ३८५ रुपैयाँ बाँकी रहेकाले उक्त रकम दिलाइदिन राष्ट्रपतिसमक्ष आग्रह गरे ।

त्यस्तै तलेजुका मूल नाइके जोशीले तलेजुका पुजारी, नाइकेलगायत विभिन्न तहमा रहेर कार्यरत व्यक्तिले आर्थिक अभावका कारण जिम्मेवारी छाड्दै जाँदा तलेजुमा समस्या परेको भन्दै उचित बजेटको व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास