तनहुँमा दसैंमा चार करोड ३९ लाख रुपैयाँ बराबरको खसीबोका बिक्री



दमौली । हिन्दुहरूको महान् पर्व दसैंका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड बराबरका खसीबोका बिक्री भएका छन् । महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै चार करोड ३९ लाख ३४ हजार १३ रुपैयाँको खसीबोका बिक्री गरेका हुन् ।

असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिक्री गरेका थिए । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ । खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका थिए ।

घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले ४६ लाख ५९ हजार १३९, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत ८४ लाख ३२ हजार ८४०, माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत् ८८ लाख ३८ हजार ७१५, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत् २३ लाख ६६ हजार १५५ रुपैयाँ बराबरको खसीबोका बिक्री गरेका छन् ।

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत् ६७ लाख ७३ हजार ५४९, दिदीबहिनी कृषि सहकारी संस्थामार्फत् सात लाख २५ हजार १०८, शुभदिप सामाजिक उद्यमी महिला सहकारीमार्फत् २८ लाख ३८ हजार ३२४, आधारशीला सामाजिक महिला उद्यमी सहकारीमार्फत् ११ लाख ९६ हजार ५५०, सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु ५० लाख ७५ हजार ४७५, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत रु ३० लाख २८ हजार १५८ को खसी बिक्री भएको छ ।

ती सहकारीमार्फत् एक हजार ४८८ खसीबोका बिक्री भएका छन् । घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेका अनुसार सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई सहज हुने गरेको छ

भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका बिक्रीका लागि विगत वर्षदेखि नै बजारीकरणमा सहयोग पुरयाएको बताइन्। “यसले कृषकलाई खसीबोका बिक्रीका लागि बजार खोज्नु हिँड्नुपरेको छैन, कृषकलाई सहज भएको छ”, उनले भनिन् ।

भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मुक्तान आलेले भनिन्, “प्रत्येक वर्ष दसैंतिहारमा सहकारीले नै व्यापारी खोजेर खसीबोका बिक्री गरिदिन्छ, यसले गर्दा कृषकले पनि खसी बिक्री गरेर चाडपर्व मनाउन पाउने गरेका छन् ।”

हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुवस्तुको मूल्यश्रृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’अन्तर्गत दश सहकारीले कृषकले पालेका खसीबोका बिक्रीका लागि बजारीकरण गर्दै आएको छ ।

सहकारीले बजारीकरणमा सहयोग पुर्याएपछि बाख्रापालक कृषक पनि खुशी भएका छन् । बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ ।

हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा ‘पशुवस्तुको मूल्यश्रृङ्खलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ मार्फत् गठन भएका सहकारीले गाउँमै खसी बिक्रीको व्यवस्था मिलाएर कृषकलाई सहयोग पुर्याइरहेको ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।