ढकाललाई नेपाली साहित्यमा विद्यावारिधि



काठमाडौँ । खाने मुखलाई जुँगाले छेक्दैन, प्रगति गर्ने मान्छेलाई वाधा व्यवधानले कहिल्यै रोक्दैन । यो भनाई ठयाक्कै प्रमाणित गरिदिएका छन् साहित्यनुरागी तथा एकजना व्यस्त कर्मवीर परशुराम ढकालले ।

नेपालमै रहेर केही गर्न खोजिरहेका नेपाली भाषाको पक्षमा शतीसाल झैं उभिदै आएका र नेपाली साहित्यको क्षेत्रमा सधैं वकालत गर्दै, कलम चलाउँदै आएका स्याँग्जाका एक युवा प्रतिभा परशुराम ढकालले नेपाल संस्कृत विश्वविद्यालयबाट नेपाली साहित्यमा विद्यावारिधि पूरा गरेका छन् । ढकालेले “कृष्णप्रसाद पराजुलीको प्रबन्धकाव्यकारिता“ बिषयमा विद्यावारिधि गरेका हुन् ।

ढकालका सहपाठी शेखर दाहालले पनि बौद्ध दर्शन,कौशिला रिसाल र प्रकाशप्रसाद लुइँटेलले नेपाली साहित्य र कैलाश भगत प्रधानांगले राजनीतिशास्त्रमा विद्यावारिधि गरेका छन् ।

दाहालले “विलासबज्रकृताया नाममन्थार्थाबलोकिनीटीकाया ससमिक्ष सम्पादनम“,“रिसालले अश्वघोष विचरित महाकाव्यहरुको दार्शनिक अध्ययन“,लुइँटेलले “इन्द्रबहादुर राईका समालोचनामा तत्सम शव्दको प्रयोग“ र प्रधानांगले “विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवाद र कौटिलीय राज्यव्यवस्थाको तुलनात्मक अध्ययन“ विषयमा विद्यावारिधि गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा