आफू यी सबै बैठकबाट एमसीसी अनुमोदन हुने आशावादी बनेर वासिङ्टन फर्किँदैछुः फातिमा सुमार



काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा आएकाले यो अनुमोदन हुनेमा आशावादी रहेको बताएकी छन् ।

चार दिने भ्रमणमा आएकी उपाध्यक्ष सुमारले स्वदेश फर्किनुअघि आइतबार पत्रकार सम्मेलन गरी यो सम्झौता भएपछि अहिलेसम्म नेपालमा ८ वटा सरकार बनिसकेका र यी सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको उल्लेख गरिन् ।

उनले नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई फाइदा गर्ने उनले बताइन् । उनले यो सम्झौताको कुनै अन्तिम समय सीमा नरहेको पनि बताइन् ।

एमसीसीबारे सरकारले सोधेका प्रश्नको आफूहरुले लिखित जवाफ दिएको भन्दै सुमारले आफैंले भेटेरसमेत राजनीतिक दलका नेताहरूलाई, मन्त्रीहरूलाई, सांसदहरूलाई र नागारिक समाजका अरू मानिसलाई थप स्पष्ट पार्ने प्रयास गरेको बताइन् । उनले आफू यी सबै बैठकबाट आशावादी बनेर वासिङ्टन फर्किन लागेको बताइन् ।

आफूले भेटेका सबै जना एमसीसी नेपालका लागि लाभदायी रहेको र छिटै पास गर्ने बताएकाले आफू आशावादी भएको उनले बताइन् । उनले छिटो संसदबाट तत्कालै पास गर्नुपर्ने कारणबारे बताएको सुमारले जानकारी दिइन् ।

सम्झौतामा एमसीसी संसदबाट पारित हुनु पर्ने उल्लेख भएकाले लागू हुनका लागि संसदबाट पास हुनैपर्ने उनले उल्लेख गरिन् । उनले अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई विना स्वार्थ गरिएको सहयोग भएकाले यसमा राजनीति नगर्न आग्रह गरिन् ।

सुमारले एमसीसी कुनै सैन्य रणनीतिको अंग नभएको स्पष्ट पारिन् । उनले हरित उर्जामा नेपालले दक्षिण एसियालाई नेतृत्व गर्न सक्ने क्षमता भएकाले एमसिसीअन्तर्गत बन्ने प्रसारण लाइन त्यसको आधार बन्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि