पाण्डे र भट्टलाई तत्काल कारवाही नगर्न सर्वोच्चको आदेश



काठमाडौं । प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई कारवाही नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश मीरा खड्काको इजलासले अन्तरिम आदेशका लागी भदौ २९ मा छलफलमा बोलाउन आदेश गर्दै अल्पकालिन अन्तरिम आदेश दिएको हो । एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गर्दा निर्वाचन आयोगले सनाखतमा समावेश नगराएको भन्दै आयोगको उक्त निर्णयविरुद्ध एमाले सांसदहरु सोमप्रसाद पाण्डे र शारदा भट्ट सर्वोच्च अदालत पुगेका थिए ।

माधव नेपाल नेतृत्वको पार्टी दर्ताका लागी निवेदन दिँदा हस्ताक्षर नगरेका उनीहरुले सनाखत गर्न पछि निवेदन दिएका थिए । निर्वाचन आयोगले उनीहरुलाई सनाखत गराएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर