अर्को दलका नेतालाई उपस्थित भए संसद चल्न नदिने भन्ने को हुन् ओली ?



काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति सत्तामा पुगेपछिको उन्मादको अभिव्यक्ति भएको निष्कर्ष निकालेको छ ।

बुधबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि सांसद विरोध खतिवडाले ओलीको कारबाहीमा परेका १४ जना नेकपा एकीकृत समाजवादीका सांसदहरु संसदमा उपस्थित भए संसद चल्न नदिने भन्नु मिडिया खपतको लागि मात्रै भएको बताए ।

उनले एउटा दलको नेतालाई संसदमा उपस्थित भए संसद नै चल्न नदिने भन्ने उनी को हुन् भन्दै प्रश्न गरे । सांसद खतिवडाले संसदमा उपस्थित हुँदा आफूहरुले संयमित भएर प्रतिवाद गर्ने तर संयमतालाई पनि उल्लंघन गर्न खोजे जस्तालाई त्यस्तै व्यवहार गर्ने चेतावनी दिए ।

उनले भने, ‘आज संसदमा हामी १४ जना उपस्थित भए संसद चल्न नदिने भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको रहेछ, यस्तो भन्ने उनी को हुन् ? एउटा दलको नेतालाई उपस्थित भए संसद चल्न नदिने भन्ने उनी को हुन् ? जबकी संसदको नियमावली २१, संविधानको धारा १०५ ले के भन्छ भने अदालतमा चढेको विचाराधीन मुद्दामा संसदमा बहस गर्न पाइँदैन भन्ने सपष्ट छ, उनीहरु नै मुद्दामा गएका हुन्, केपी ओलीलाई कानून, नियम, संविधान, विधि, पद्धति, लोकतान्त्रिक सरोकार यो सँगै कुनै सम्बन्ध छैन, आफ्नो सत्तामा गएको उन्मातको अभिव्यक्ति हो भन्ने विश्लेषण गरेका छौँ, सत्तापक्षको हैसियतले उनीहरुले उठाएका कुराको प्रतिवाद गर्छौं । तैपनि संसदमा हामी उत्ताउलो हुँदैनौँ, संयमतापूर्वक प्रतिवाद गर्दछौँ, संयमतालाई उल्लंघन गर्ने काम गरे जस्तालाई त्यस्तै गर्नको लागि मान्य मान्यज्यूहरु नै जम्मा भएका हौँ, कोही बहादुर र कोही कमजोर भन्ने हुँदैन, कोही दाह्रासिंह र कोही बंगारासिंह भन्ने हुँदैन, त्यसकारण हामी संसद भित्र संसदीय मर्यादालाई पालन गर्ने प्रयत्न गर्नेछौँ ।’

सांसद खतिवडाले संसदमा तोकिएको ठाउँमा बस्ने भन्दै एमालेका नेताहरुले उठाएका कुराहरुको प्रतिवाद गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने