दार्चुला तुईन घटना र अनधिकृतरुपमा हेलिकप्टर उडाइएकोबारे सरकारले भारतलाई पठायो पत्र



काठमाडौँ । सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे  भारत सरकारलाई  छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालय परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दुवै पत्र कूटनीतिक च्यानल मार्फत् पठाइएको जानकारी दिएकी छन् ।

ती घटनाहरूमा सरकारले मौनता साँधेको भन्दै सर्वत्र आलोचना भएपछि घटना भएको सरकार कूटनीतिक नोट पठाउन बाध्य भएको हो । साउन १५ मा महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र सुरक्षा (एसएसबी)ले तुइन चुँडाइ दिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।

उनी बेपत्ता भएको घटनाको छानबिनका लागि सरकारी समिति गठन गरिएको थियो । समितिले पनि एसएसबीको संलग्नता रहेको उल्लेख गर्दै यो विषयलाई कूटनीतिक तबरबाट अघि बढाउन सरकारलाई सुझाव दिएको थियो । छानबिन समितिले समेत ठहर गरिसक्दा पनि सरकार चुपचाप बसिरहेको थियो ।

तर सर्वत्र सरकारको आलोचना भएपछि सरकारले कुटनीतिक नोट पठाएको हो । त्यस्तै तुइन घटनाको विषयमा सरकार मौन रहेकै बेला भारतले नेपाली सेनाको ब्यारेकमाथि नै अनधिकृत रुपमा हेलिकोप्टर उडाएको थियो । त्यो विषयमा पनि सरकार चुपचाप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय