बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सत्तारूढ गठबन्धनको निर्णय



काठमाडौं । सत्तारूढ गठबन्धनले बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकले बुधबारसम्ममा मन्त्रिपरिषद् विस्तार टुंग्याउने निर्णय गरेको हो ।

आजै साँझ वा भोलि बिहान पुनः बैठक बसेर बुधबारसम्ममा मन्त्रिमण्डल विस्तार टुंग्याउने गरी आजको बैठक सकिएको बताइएको छ । देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा आलोचना भइरहेको छ । सोमबार बसेको गठबन्धन बैठकले आजसम्म मन्त्रिपरिषद विस्तार टुंग्याउने निर्णय गरेपनि भागबण्डामा कुरा नमिलेको बताइएको छ ।

अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने बताइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण

सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा