ओली नेतृत्वको सरकारले कम्युनिस्ट पार्टीको नाममा बद्नाम गरेको थियोः खनाल



काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो बाँकी जीवन राष्ट्रियता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनप्रति समर्पित गर्ने बताएका छन् ।

भारतमा मृगौला प्रत्यारोपण गरेर फर्किएका नेता खनालले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो जीवन ‘बोनस’को जीवन भएको भन्दै देश, राष्ट्रियता र नेपाली मोडलको समाजवाद निर्माणका निम्ति खर्चिने बताएका हुन् ।

खनालले आफू बाँकी जीवनमा कुनै कार्यकारी पद नलिने पनि घोषणा गरेका छन् । उनले भने, ‘म यसै पनि ७१ वर्ष पार भएको छु । अब मेरो बाँकी जीवन बोनसको जीवन हो । त्यसैले मेरो बाँकी जीवन देश, राष्ट्रियता, लोकतन्त्र र नेपाली मोडलको समाजवाद निर्माणमा लगाउँछु ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी अवसरवादको र व्यक्तिवादको प्रतिक बनेको आरोपसमेत लगाए । उनले विद्रोह फुट र विनाश नभएको भन्दै विद्रोह अग्रगतिका निम्ति नयाँ झिल्को भएको पनि बताए ।

उनले कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी नभएको बताए । उनले ओली नेतृत्वको सरकारले कम्युनिस्ट पार्टीको नाममा बद्नाम गरेको जिकिर गरे ।

उनले अब वाम लोकतान्त्रिक शक्तिको गठबन्धनबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । खनाललाई विमानस्थलमा स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल

कतारमा पानी निर्यातको अवसर बन्नसक्छ अमिरको नेपाल भ्रमण

  काठमाडौँ ।  नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका

दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा(भिडियोसहित)

काठमाडौँ ।  मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई