एमालेले बोलायो स्थायी कमिटी बैठक, माधव नेपाललाई ‘धोका’ दिनेहरुपनि सहभागी हुने



काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार बिहान ११ बजे बैकठ बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा माधव नेपाललाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरुसँगको छलफलपछि बैठक बोलाइएको हो ।

बैठकमा अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन गर्न सैद्धान्तिक सहमति जनाएका छन् । नेता सुरेन्द्र पाण्डेले वार्तामा १० बुँदे स्वीकार पहिला नै भइसकेकाले भोलि स्थायी कमिटी बसेर कार्यान्वयनमा लैजाने सहमति भएको जानकारी दिए । त्यसक्रममा दोस्रो पुस्ताका नेताहरुले ओलीले आफ्ना मागहरु सम्बोधन गरे एमालेमै रहने बताएका थिए ।

यस्तै, एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वार्ता सकारात्मक भएको जानकारी दिए ।उनले १० जना नेताहरु भोलिको बैठकमा सहभागी हुने बताए । उनले भने, ‘यसअघि विभिन्न कारणले बैठकमा सहभागी नभएका कमरेडहरुले १० बुँदे प्रस्तावलाई कार्यावन गर्ने कुरामा जोड दिनुभयो । छलफल सकारात्मक छ र पार्टीका समस्या समाधान हुनेछन् ।’ वार्ताका क्रममा अध्यक्ष ओलीले माधवकुमार नेपालको पार्टीमा नजान आग्रह गरेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने