माधव नेपाललगायत १४ जनाको कारबाही फिर्ता लिन एमालेका नौ नेताको आग्रह



काठमाडौं । नेकपा एमालेका नौ जना नेताले १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन् । बिहीबार राति नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले संयुक्त विज्ञप्ति जारी गरी दुवै पक्षका कार्यदलका नेताहरुले सिफारिस गरेको १० बुँदे प्रस्ताव कार्यान्वयन नगर्दा पार्टी फुटेको बताएका हुन् ।

उनीहरुले पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन यसअघि कार्यदलस्तरमा भएको १० बुँदे सहमतिको तत्काल कार्यान्वयनमा जोड दिएका छन् ।

पार्टी अध्यक्ष केपी ओलीलाई अधिकतम् लचिलो हुँदै वरिष्ठ नेता माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही तत्काल फिर्ता लिन पनि उनीहरुले आग्रह गरेका छन् ।

उनीहरुले पार्टी विभाजनले कसैकोपनि हित नगर्ने भएकोले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्ताहरुलाई त्यस्तो प्रक्रिया रोकी पार्टी एकताको लागि तत्पर हुन अनुरोध समेत गरेका छन् । उनीहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश फिर्ता हुनुपर्ने माग समेत अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा