पहिरोले घर पुरिँदा रसुवामा एकैघरका चार जनाको मृत्यु



रसुवा । गएरातिको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको निधन भएको छ । निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेका जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

राति करिब ३ बजे घरभन्दा ५० मिटरमाथिबाट पहिरोसँगै झरेको लेदोले घर पुरिँदा सुतिरहेका अवस्थामा चारै जनाको घटनास्थलमै निधन भएको थियो ।

सो घटनामा परी गम्भीर घाइते भएका घरमूली श्यामबहादुर गलानलाई उपचारार्थ काठमाडौँस्थित ट्रमा सेन्टर पुर्याइएको प्रहरीले जनाएको छ । घरभित्र सुतेका श्रीमती, छोरा, छोरी सबै पुरिएको र बाहिर सुतेका श्याम गलान घाइते अवस्थामा भेटिएका थिए । उनको छाती तथा गर्धनमा गम्भीर चोट लागेको अचेत अवस्थामा उद्धार भएको र शारीरिक अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको छ । शव परीक्षणका लागि नुवाकोटस्थित त्रिशूली अस्पताल पठाइएको छ । आज बिहानैदेखि स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना विष्णु दलगण र सशस्त्र प्रहरीसमेतको खोज उद्धार टोलीको अथक मेहनतबाट अपराह्न चारै जनाको शव फेला परेको थियो ।

गत हिउँदमा गलानको घरमाथि सडक निर्माण भएको र वर्षासँगै सोही सडकमा बगेको भलपानीको असरले पहिरो जाँदा एकै घरका परिवारले ज्यान गुमाउनुपरेको स्थानीय बासिन्दाको भनाइ छ । थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

गजलकार प्रकट पगेनीको निधन

गण्डकी । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस

बैतडीमा एक बालिकाको बलात्कारपछि हत्या, काका पक्राउ

सुदूरपश्चिम । बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–४