रसुवामा पहिरोले घर पुरिँदा चारजना बेपत्ता



रसुवा ।  घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गएराति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन् ।

गलान भने घाइते अवस्थामा भेट्टिएकाले उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ । सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिण दूरी पर ठूलोभोर्ले र धुसेनी गाउँको बिच भागमा उक्त घटना भएको हो । बेपत्ता रहेकाको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको तथा घटनाको विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी