आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाएपनि जान्छुः कार्यकारी निर्देशक शाक्य



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँ पठाएपनि जान तयार रहेको बताएका छन् ।

बुधबार प्राधिकरणमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक शाक्यले आफूलाई सरकारले अरु जिम्मेवारी दिन सकिन्छ कि भन्ने कुरा सोधेको जानकारी दिए ।

उनले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाएपनि आफू तयार रहेको जवाफ दिएको बताए । शाक्यले आफू इन्जिनियरिङ क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाएपनि काम गर्ने बताए । उनले भने, ‘मलाइ अब अरु कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर सोध्नुभएको हो । मैले चाहिँ मेरो आवश्यकता महसुस गरेर सरकारले जहाँसुकै पठाए पनि म तयार छु भन्या छु । म जागिर खाएको सुरुको दिनदेखि इन्जिनियरिङमा स्वावलम्बी, इन्जिनियरिङमा आफूमै भरपर्ने, विदेशी परामर्शदातामा भर नपर्ने भनेर लागिरहेको हो । टेक्निकल मेरो फिल्ड होस् । प्लानिङ पनि गर्छु । धेरैवटा प्लानिङ गरेको छु । आफ्नो क्षेत्रसँग जोडिएको जुनसुकै क्षेत्रमा पठाएपनि काम गर्छु ।’

कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोरोना संक्रमणका कारण लकडाउन भएको भएपनि विद्युतमा कुनै समस्या नहुने गरी काम गरेको बताए । अघिल्लो वर्ष भन्दा यस वर्ष कम नै विद्युत आपूर्ति रोकिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद