भूमिसम्बन्धी आयोग विघटन गर्ने निर्णय फिर्ता लिन एमालेको माग



काठमाडौं । नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयको विरोध गरेको छ । नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बुधबार विज्ञप्ति जारी गरी सरकारको निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका हुन् ।

३१९ भन्दा बढी पालिकाहरुमा लगत सङ्कलन पूरा भएर वर्षौंदेखि जारी समस्याको दिगो समाधान हुने दिशातिर सरकार अगाडि बढिरहेको बेला राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग विघटन गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासीहरू, दलित तथा अव्यवस्थित बसोबासीहरुको जमीनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात गरेको एमालेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीहरुका हक र हितप्रति पार्टी सधैंभरि सजग र संवेदनशील रहेको स्पष्ट गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

  काठमाडौँ ।  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न खरमयुर गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज